टिकटक बिजेतालाई ‘ड्रिम गर्ल’को उपहार

टिकटक बिजेतालाई ‘ड्रिम गर्ल’को उपहार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – मंसिर ७ गते रिलिज हुने सिनेमा ‘ड्रिम गर्ल’ले टिकटक म्युजीकल्ली च्यालेन्जका बिजेतालाई आइतबार साँझ बसुन्धरास्थित साझा चुलोमा एक कार्यक्रम आयोजना गरि उपहार प्रदान गरेको छ । सिनेमा निर्माण युनीटले केही समयअघि सुरु गरेको उक्त प्रतिस्पर्धाको दोश्रो चरणका बिजेतामा शिसिर अर्याल, बन्दना थापा, नीना पाख्रिन, दर्शन काजी थापा, मनिषा राना, बिशाल बाबु आचार्य, अभेलिना खड्का, रोश्मी राई, सृजना श्रेष्ठ मगर, अनिशा ड्रिम्स, नेपाली बर्षा र सदिक्षा क्षेत्री छन् ।

उनीहरुलाई ‘ड्रिम गर्ल’ अर्थात् सिनेमाकी डेब्यु हिरोइन आश्मा गिरी, अभिनेता आकाश श्रेष्ठ, निर्देशक ऋषिराज आचार्य, हाँस्य अभिनेता शिसिर भण्डारी लगायतले उपहार प्रदान गरेका थिए । टिकटक च्यालेन्जका लागि ‘ड्रिम गर्ल’ का ‘तिम्रो मायामा हराउन थालेको’ र ‘फूल टिपेर चढाए’ बोलका दुई गीतका ट्रयाक नेपाल म्युजीकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएका थिए । प्रतिस्पर्धाले ती ट्रयाकमा म्युजीकल्ली भिडियो बनाएका थिए । उत्कृष्ट म्युजीकल्लीलाई साप्ताहिक रुपमा पुरस्कृत गर्ने गरिएको प्रतियोगीता संयोजक समेत रहेकी अभिनेत्री आश्माले जानकारी दिइन् । सिनेमा रिलिजको दिनसम्मै जारी रहने प्रतियोगीताका फाइनल बिजेतालाई फ्रि टिकट, ‘ड्रिम गर्ल’ टिमसँग डिनर डेटका साथै बिभिन्न उपहार प्रदान गरिने निर्माण टिमको भनाई छ ।ऋषिराज आचार्यकै लेखन रहेको सिनेमामा आश्मा गिरी र आकाश श्रेष्ठका अलवा विल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, लक्ष्मी गिरी, अर्जुन श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । अर्जुन शर्मा, रामेश्वर धिताल र ऋषिराज आचार्य स्वयम् निर्माता रहेको सिनेमा निर्माणमा दक्षिण भारतीय कम्पनी रिल एण्ड रियल सिनेमाले सहकार्य गरेको छ ।