आकाश र आश्माको ‘ड्रिम गर्ल’ मंसिर ७ मा रिलिज हुने !

आकाश र आश्माको ‘ड्रिम गर्ल’ मंसिर ७ मा रिलिज हुने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – अभिनेता आकाश श्रेष्ठ र आश्मा गिरी स्टारर सिनेमा ‘ड्रिम गर्ल’को दोस्रो पटक रिलिज मिती पोष्टपोन्ड गरिएको छ । पहिलो पटक असार २९ गते र दोस्रो पटक असोज १९लाई निर्माण टिमले प्रदर्शन मिती फाइनल गरेको थियो । अब सिनेमा यो मितीमा पनि प्रदर्शन नहुने भएको छ । निर्माण टिमका अनुसार ‘ड्रिम गर्ल’ मंसिर ७ गतेबाट अल नेपाल प्रदर्शन हुनेछ ।

निर्देशक ऋषिराज आचार्यले अब सिनेमाको रिलिज फेरबदल नहुने बताए । ‘रामकहानी’ लगत्तै आकाशको नयाँ सिनेमा आउँदा व्यापारमा असर पर्ने कुरालाई मध्यनजर गर्दै ‘ड्रिम गर्ल’ को रिलिज हेरफेर गरिएको खबर छ ।यो सिनेमामा आकाशको अपोजिटमा आश्मा गिरी छिन् । सिनेमामा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा बनेको सिनेमाको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन । काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको यस सिनेमाको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको सिनेमामा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । सिनेमा नवीन निरौलाले सम्पादन गरेका हुन् ।