सडक बालबालिकाको कथामा तयार भएको ‘डाक्टर खाते’ (ट्रेलर)

सडक बालबालिकाको कथामा तयार भएको ‘डाक्टर खाते’ (ट्रेलर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सडक बालबालिकाको कथामा निर्मित सिनेमा ‘डाक्टर खाते’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै रिलिज डेट सार्वजनिक गरिएको सिनेमालाई रोशनी केसीले निर्माण गरेकी हुन् ।

सिनेमामा पात्र निर्देशन गरेका चलचित्र पत्रकार डब्बु क्षेत्रीले छायाँकनताकाका संघर्ष सुनाए । ‘यो सिनेमाको लागी हामीले १० सडक बालबालिकालाई अभिनय तालिम दिएका थियौ । उहाँहरुलाई अभिनय सिकाउनु फलामको चिउरा चपाउनु सरह थियो । मुस्किलले ४ जनाले राम्रो गर्नुभयो । धेरै मेहनतका साथ छायाँकन सम्पन्न गरिएको यो सिनेमाका निर्देशक भने अहिले अमेरिकामा हुनुहुन्छ । त्यसैले निर्देशकको जिम्वेवारी पनि मै आफैले वहन गर्नु परेको छ ।’

रवी आर अर्यालले निर्देशन गरेको सिनेमामा प्रिन्स रिजाल, सुर्य गुरुङ, अमृत परियार, सम्राट सापकोटा, विजय देउजा, लुमर गजुरेल, शिल्पा पोखरेल, जिमी ओसट्रुम र रोशनी केसीको अभिनय छ । सिनेमा साउन ६ गते सार्वजनिक प्रदर्शनमा आउँदै छ ।