‘दोस्ताना २’मा सिद्धार्थ र जान्भी फाइनल

‘दोस्ताना २’मा सिद्धार्थ र जान्भी फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउडका सफल निर्माता तथा निर्देशक करण जोहरले सन २००८ मा निर्माण गरेको सिनेमा ‘दोस्ताना’ को सिक्वेल निर्माण हुने भएको छ । यो सिनेमाको यतीवेला कथा लेखनको काम भैरहेको छ । करण यो सिनेमाको सिक्वेल पहिले नै बनाउन चाहन्थे । तर राम्रो कथावस्तु नपाएकोले ‘दोस्ताना २’ नबनेको हो ।

अहिले भने उनले खोजेको जस्तो कथावस्तु भेटेका छन् । त्यसैले गर्दा उनले यो सिनेमाको सिक्वेल बनाउने मुडमा पुगेका छन् । यो सिनेमालाई पनि ‘दोस्ताना’का निर्देशक तरुन मन्सुखानीले निर्देशन गर्ने फाइनल भएको छ ।

भारतीय मिडियाका अनुसार यो सिनेमाका लागी मुख्य दुई पात्र फाइनल गरिसकेका छन् । ‘दोस्ताना २’ को लागी नायक सिद्धार्थ मल्होत्रा र नायिका जान्भी कपुर लाई फाइनल गरिएको खबर भारतीय मिडियाले प्रकाशन गरेका छन् । यो सिनेमाका लागी आवश्यक एक मुख्य पात्रको खोजीमा करण तीब्र रुपमा लागी रहेका छन् । यो सिनेको अर्को मुख्य पात्रको खोजी पश्चात ‘दोस्ताना २’ को अफिसियल घोषणा गर्ने तयारी करणको छ ।