डल्लीको ‘डायरी’जेठ ५ मा

डल्लीको ‘डायरी’जेठ ५ मा

द सिनेमा टाइम्स
0
Shares

‘नोभेम्वर रेन’ की डल्ली अर्थात् अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको फिल्म ‘डायरी’ आउँदो सालको जेठ ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । वितरक तथा हल सञ्चालकसँगको सल्लाह पछि ‘डायरी’ लाई उक्त मितिमा प्रदर्शन गर्ने पक्का भएको डल्लीले बताइन् । हालसम्म ‘डायरी’ उक्त मितिमा सोलो रिलिज पर्न आएको छ । निर्देशक अनिल योञ्जनको स्वास्थ्यमा आएको गडबढी र प्राविधिक कार्य बाँकी रहेका कारण ‘डायरी’ लाई यो साल प्रदर्शनमा ल्याउन सम्भव नभएको छुल्ठिमले बताइन् । ‘हामीले यही साल प्रदर्शनमा ल्याउने प्रयास गरेका थियौं तर निर्देशक नै अचानक अस्वस्थ भएपछि काम समयमा हुन सकेन । तर अर्को सालको जेठ ५ मा चाहिं हामी पक्का फिल्म रिलिज गर्छौं ।’ निर्देशक योञ्जनको स्वास्थ्य ठिक भैसकेको छ । फिल्मको पोष्ट प्रोडक्सनको कार्य अन्तिम चरणमा पुगेको निर्देशक योञ्जनले बताए । रिभेञ्ज लभ स्टोरी रहेको फिल्म ‘डायरी’ मा छुल्ठिम अपोजिटमा नव नायक सन्नी सिंह प्रस्तुत भएका छन् । ‘डायरी’ मार्फत रेखा थापा पहिलो पटक भिलेन देखिएकी छिन् । सार्वजनिक ‘डायरी’ को टिजरमा रेखाको भिलेन अवतारको चर्चा भएको थियो ।