ठुलो क्यानभासमा रमाउने दिवाकरको लागि ‘ऐश्वर्य’ उत्कृष्ट

ठुलो क्यानभासमा रमाउने दिवाकरको लागि ‘ऐश्वर्य’ उत्कृष्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ ­- छठको अवसर पारेर कार्तिक ९ गते सिनेमा ‘ऐश्वर्य’ रिलिज हुँदैछ । गीत/संगीत, ट्रेलर र ट्रेलरमा देखिएको मेकिङबाट ‘ऐश्वर्य’ चर्चामा छ ।

एसअघि ड्रिम्स सिनेमामा सह-निर्देशकको रुपमा काम गरिसकेका निर्देशक दिवाकर भट्टराईले यो सिनेमाको निर्देशन गरेका हुन् । ट्रेलरमा देखिएको उत्कृष्ट मेकिङले गर्दा अहिले दिवाकरको चर्चा सिनेवृतमा खुबै चलेको छ ।

सामान्य कथाबस्तु र ठुलो क्यानभासमा काम गर्न रुचाउँने दिवाकरले ५ बढी सिनेमामा सह-निर्देशन र यसअघि दुई सिनेमा निर्देशन समेत गरिसकेका छन् । पहिलो पटक ‘किस्मत’ सिनेमामा सह-निर्देशनको काम गरेका दिवाकरले ‘मेरो जीवन साथी’बाट निर्देशनमा डेब्यु गरेका थिए ।

‘स्टुपीड मन’ निर्देशन गरेपछी दिवाकर अझ बढी चर्चामा आए । जुन चर्चा ‘ऐश्वर्य’मा आएर झनै चुलिएको छ । ‘प्राय जसो सबैले जीवनमा चाहने ऐश्वर्य, धन, सन्तुष्टी, प्राप्ती नै यो सिनेमाको मुख्य प्रस्तुति हो । र, जुन ‘हिरो’ जस्तै देखिने रमेश उप्रेती, साचिकै ‘भिलेन’ जस्तो देखिने प्रशान्त ताम्राकार र ‘हिरोइन’को लागि प्रफेक्ट दीपिका प्रशाईले सिनेमाको क्यानभासलाई ठुलो बनाएका छन् । यसको प्रस्तुति र ठुलो क्यानभास नै प्रमुख मेरुदण्ड हो ।’ दिवाकरले ‘ऐश्वर्य’को बारेमा प्रष्ट्याए ।

रमेश उप्रेती, निर्मल शर्मा, अर्जुन पोखरेल जस्तो व्यक्तित्व र सहयोगी मन भएकाहरुसँग काम गरेर नै ‘ऐश्वर्य’ जस्तो राम्रो सिनेमा बनाउँन आफुलाई सहज भएको दिवाकर स्वीकारछन । दिवाकरले गरेका पुराना कामलाई हेरेर नयाँ निर्माताहरु ठुलो क्यानभासमा सिनेमा बनाउने प्रस्ताव गर्छन । तर, नेपालमा ठुलो क्यानभासमा सिनेमा बनाउनु एकदमै चुनौतीपूर्ण रहेको बताउनछन् । ‘सिमित स्रोत साधन, बजारमा विदेशी सिनेमाको जस्तो क्यानभासमा सिनेमा निर्माण गर्नु नेपालमा भने जति सजिलो छैन । तर, पनि उनि ठुलो क्यानभास सिनेमा बनाउन रुचाउछन । एकै पटक नहोला, बिस्तारै नेपाली सिनेमाको क्यानभास ठुलो हुनेमा दिवाकर आशावादी छन् ।

अहिले दिवाकर ‘ऐश्वर्य’को अन्तिम आउटपुट निकाल्नमा व्यस्त छन् । प्रचार देखि लिएर सिनेमाको रिलिज काउनडाउनको चटारोमा रहेका यी निर्देशक ‘ऐश्वर्य’लाई लिएर निक्कै आशावादी छन् । ‘यदि तपाईलाई ‘ऐश्वर्य’ सम्वन्धि प्रचारका सामाग्री हेरेर, यो सिनेमा भित्र केहि छ, है भन्ने लागेको छ भने ‘ऐश्वर्य’ हेर्न सक्नुहुनेछ । ’ ऐश्वर्य’ले तपाईको आशालाई निराशामा पक्कै बदल्ने छैन ।’ दिवाकरले भने ।

यो सिनेमामा रमेश उप्रेती, दीपिका प्रशाई, प्रशान्त ताम्राकार, केकी अधिकारी, अर्जुन श्रेष्ठ, केशव भट्टराई, निर्मल शर्मा, सुनिता ठाकुर, बिकाश खतिवडा लगायतका कलाकारको अभिनय छ । दिवाकर भट्टराईकै लेखन रहेको सिनेमामा निर्मातामा अर्जुन श्रेष्ठ, किरणराना उप्रेती र निर्मल शर्मा रहेका छन् । अर्जुन पोखरेल र विराज गौतमको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठ/सुदीप बरालको छायाँकन, रामजी लामिछाने/तेन्जु योन्जन/ एन्जिला खत्रीको कोरियोग्राफी र दिर्घ खड्काको छायाँकन छ ।