”कारखाना’बाट धेरै कुरा सिक्न पाए : अमरदीप सापकोटा

”कारखाना’बाट धेरै कुरा सिक्न पाए : अमरदीप सापकोटा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ। हेटौडा बासी अमरदीप सापकोटा निर्देशित सिनेमा ‘कारखाना’ अहिले देशभर प्रदर्शनरत छ । यसअघि ‘दबाव’ सिनेमा सह-निर्देशकको काम गरिसकेका अमरदीपले ‘अलविदा’मा सह-लेखनको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

पहिलो निर्देशनबाटै सोचे जस्तो प्रतिक्रिया पाएको तर्क गर्ने अमरदीप अब छिट्टै नै नयाँ सिनेमा निर्देशन र निर्माणको तयारीमा छन् । सानै देखि सिनेमा निर्माणमा रुची राख्ने अमरदीप बुझेर मात्र यो क्षेत्र आउँनु पर्ने बताउँछन् । आफु पनि सिनेमा क्षेत्रमा धेरै कुरा बुझेर आउँन खोज्दा अलि ढिला भएको महशुस गर्छन ।

”कारखाना’बाट धेरै कुरा सिक्न पाए । पहिलो सिनेमामै नबुझेका टिमसँग काम गर्दा केहि असहजता फिल भएपनि अबका दिनमा सिनेमा बुझ्ने मान्छेसँग काम गर्नेछु । नयाँ सिनेमाको लागि राम्रो टिमअप बनाउँदै छु । र, बाँकी आउँने न्युकमरलाई बुझेर मात्र आउँन आग्रह गर्छु ।’

‘कारखाना’ निर्देशन गर्नु अघि अमरदीपले नाकाबन्दीको बेलामा सुदिप खड्कालाई भेटेका थिए । त्यसपछी अमरदीप र सुदिपको सिनेमा बनाउँने तयारी सुरु भयो । त्यो समयमा ‘कारखाना’मा लगानी गर्नलाई सुशान्त सिंह ठकुरी पनि तयार थिए । तर, उनको काम विशेषले विदेश जानु पर्ने भएपछी उनि ‘कारखाना’को निर्माता बन्नबाट चुकेका थिए । अन्तत: सुरु भयो अमरदीप र सुदिपको सहकार्य ।

तर, सिनेमा रिलिज नहुँदै यी दुईको सम्बन्धमा फाँट आयो । अमरदीप  भन्छन पहिलो  सिनेमाको ड्राफ मैले काटेको  थिए । तर, मैले काटेको ड्राफ निर्मातालाई मन परेन । अन्तत: निर्देशकलाई नै नभनी निर्माताले सिनेमाका केहि कार्य आफैले सम्पन्न गरे  ।  निर्देशक बिनानै सिनेमाको कार्य हुने भएपछी अमरदीपलाई नराम्रो  महशुस त हुने नै भयो । तर, पनि जसो तसो दुई जनाले सिनेमा रिलिज नहुँदासम्म मनमुटावको काण्डलाई मिडियामा आउँन दिएनन्।

मिडिया न हो कहिँ कतैबाट यी दुईको सम्वन्ध चिसिएको कुरा लुक्न पाएन ।२० दिने  सिनेमाको प्रचारमा यी दुईको जमघट त्यति भएन,  तर पनि अमरदीप धेरै मिडियामा प्रचारप्रसारका लागि हिडे  ।अहिले  निर्माता  निर्देशनक सिनेमाबाट पाएको प्रतिक्रियाले सन्तुष्ट रहेको बताउँछन् । ‘कारखाना’ अहिले देशभर ५० बढी हलमा प्रदर्शनरत छ । तर यति बेला भने  प्रचारप्रसारमा निर्माता सुदिप बाहेक अरु कोहीपनि छैनन् । सुशील सायद २ को प्रचारप्रसारमा व्यस्त छन भने वर्षा लण्डनमा ।