कस्तो माया हो यो ?, छुल्ठिम र सन्नीको (भिडियो)

कस्तो माया हो यो ?, छुल्ठिम र सन्नीको (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । जेठ ५ मा सार्वजनिक हुने फिल्म ‘डायरी’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘कस्तो हो यो’ बोलको भिडियोमा डल्ली अर्थात् अभिनेत्री छुल्ठिम गुरुङ र नव अभिनेता सन्नी सिंह बिचको केमेस्ट्रीलाई देख्न सकिन्छ । गीतमा पोखराका रमणीय दृश्यहरु कैद भएका छन् ।

स्वप्निल शर्माको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र रजिना रिमालको स्वर छ । कोरियोग्राफी शिशिर खातीको रहेको भने कस्ट्युम डिजाइन कमल मानन्धरको छ । अनिल योञ्जनको निर्देशन रहेको फिल्म ‘डायरी’ मा नायिका रेखा थापा भिलेनको रुपमा प्रस्तुत भएकी छिन् । राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा शिव राम श्रेष्ठको छायाँकन छ । पटकथा तथा संवाद निर्देशक योञ्जन र छेतेन गुरुङको हो ।