डल्लीको ‘डायरी’ मा के के छ ?(ट्रेलर हेर्नुस्)

डल्लीको ‘डायरी’ मा के के छ ?(ट्रेलर हेर्नुस्)

द सिनेमा टाइम्स
0
Shares

जेठ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’ को ट्रेलर रिलिज गरिएको छ । बिहिबार प्रेमसमिट गर्दै यो रिभेञ्ज लभ स्टारी फिल्मको साढे दुई मिनेट लामो ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा रेखा थापा, छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंह ‘हाइलाइट’ छन् । अनिल योञ्जन निर्देशित फिल्म ‘डायरी’ नायिका रेखा थापा बोल्ड भूमिकामा प्रस्तुत भएकी छिन् भने डल्ली अर्थात् छुल्ठिम लभर गर्लको भूमिकामा देखिएकी छिन् । सन्नी एक्सन हिरोको रुपमा प्रस्तुत भएका छन् । छेतेन गुरुङको लेखन रहेको फिल्ममा शिवराम श्रेष्ठको छायाँकन र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन छ । ‘डायरी’ लाई अलिन र छुल्ठिम दुवै मिलेर निर्माण गरेका हुन् ।

ट्रेलर हेर्नुस् ः