‘‘विकासको नारा लिएर सबै जना गाउँ पसौं, दुई बर्षमै देश कायापटल हुन्छ’’: धुर्मुस

‘‘विकासको नारा लिएर सबै जना गाउँ पसौं, दुई बर्षमै देश कायापटल हुन्छ’’: धुर्मुस

द सिनेमा टाइम्स
0
Shares

यसअघी सिन्धुपाल्चोकको गिरान चौरमा नमुना बस्ती निर्माण गरेका हास्यकलाकार जोडीको धुर्मुस-सुन्तलीको धुर्मुस-सुन्तली फाउन्डेसन यतिबेला महोत्तरीको बर्दिबास पुगेको छ । मुसहर बस्तीको निर्माण उदेश्यका साथ् यो संस्थाका अध्यक्ष तथा चर्चित हास्यकलाकार सिताराम कट्टेल(धुर्मुश) त्यहाँ पुगेका हुन् । उनी त्यहाँ पुग्दा स्थानीयहरुको उनको भब्य सवागत गरे ।

धर्मुसको प्रतिक्षमा बसेका मुसहरहरुको सामुन्ने धुर्मुस पुगेपछि उनीहरु निकै खुशी भए । मुसहर बस्तीको माहौल रोमाञ्चक बन्यो भने खुशी भएर उनीहरुले धुर्मुसको गलादेखि शिर सम्म ढाक्नेगरि माला र टिका लगाई दिए । धुर्मुस-सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रुपमा धाराबाट अम्खरामा ल्याइएको पानी खुवाएर खुशियाली साटे भने धुर्मुशले त धाराबाट सिधै पानी पिए ।

धुर्मुसले पनि मुसहरहरुले घरघर पुगेर बातचित गरे । धमुर्स -सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुशियाली छाएको छ । धुर्मुस बस्तीको पहिलो चरणको निर्माण कामको थालनीका लागि काठमाण्डौबाट बर्दिबास पुगेका हुन् ।

त्यहाँ पुगेर धुर्मुशले भने ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मुल फुटाउन खोजेका हौं । मुसहर बस्तीबाट देशभरी नै समानतको र सद्भवको सन्देश जानेछ ।’ उनले थपे,‘हामीले बोक्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौं । एक पटक विकासको नारा लिएर सबै जना गाउँ गाउँ पसौं । दुई बर्षमै देशमा कायापटल हुन्छ ।’
 बिभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोगमा झन्डै ४ करोड ७८ लाखको लागतमा मुसहर बस्ती निर्माण हुदैछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार दिने धुर्मुस-सुन्तली फाउण्डेसनको सोच रहेको बुझिएको छ ।