युट्युबमा रिलिज हुनेछैन ‘धनपति’, सिनेमा हेर्न हलसम्मै पुग्नु पर्ने !

युट्युबमा रिलिज हुनेछैन ‘धनपति’, सिनेमा हेर्न हलसम्मै पुग्नु पर्ने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार २३ गतेबाट देशभर प्रदर्शनमा आउँन लागेको सिनेमा ‘धनपति’ सामाजिक संजाल युट्युबमा रिलिज नहुने भएको छ । यसअघि ‘पशुपति प्रसाद’मा सहकार्य गरेको टुकी आर्टस र दिपेन्द्र के खनाल प्रोडक्सनले ‘धनपति’ हेर्नलाई दर्शक हलसम्मै पुग्नु पर्ने विज्ञप्ति जारि गरेका छन् ।

सामाजिक विषयवस्तुमा निर्माण भएको सिनेमालाई निर्देशक दीपेन्द्र के खनाल र अभिनेता/लेखक खगेन्द्र लामिछानेले विशेष रुपमा हेरेका छन् । नेपाल रिलिजको लागि राजधानीको एक हलमा सिनेमा अंग्रेजी सव-टाइटलमा समेत रिलिज हुनेछ ।

‘पशुपति प्रसाद’को व्यापारिक र समिक्षात्मक सफलताले यति बेला ‘धनपति’ नेपाली पर्दामा प्रतिक्षित छ । अहिले ‘धनपति’ टिम सिनेमा प्रदर्शनको लागि अमेरिकामा छ । २२ गते नेपालमा हुने भव्य प्रिमिएरका लागि उक्त दिन विहान टिम नेपाल ल्याण्ड हुनेछ ।

पूर्वी तराईबाट राजधानीमा जीविकोपार्जन गर्न आएको ‘धनपति’, जो आफ्नो स्वाभिमानमा अडिग छ । सिनेमाको मुख्य पात्र ‘धनपति’ के शहरमा स्वाभिमानको जिन्दगी बा“च्न पाउला ? सक्ला ? वा के कस्ता बाध्यता आईपर्लान् ? जान्नलाई अब असार २३ पछी हलसम्मै पुग्नु पर्ने हुन्छ ।

सिनेमामा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । रोजिना सिटौलाको निर्माण रहेको सिनेमामा ओम गुरुङ, रजना नापित, र समीर देवकोटाको समेत लगानी छ ।

‘धनपति’ टिमसँगको कुराकानी