‘धनपति’का कुरा: म प्रत्येक व्यक्तिलाई प्रश्न गर्नेछु ! (भिडियो)

‘धनपति’का कुरा: म प्रत्येक व्यक्तिलाई प्रश्न गर्नेछु ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । करिब डेढ वर्ष अगाडी रिलिज भएको सिनेमा ‘पशुपति प्रसाद’ अझैसम्म दर्शकको मानसपटलबाट वाहिर निस्कन सकेको छैन ।

सुरुवाती व्यापार ठिकै गरेको ‘पशुपति प्रसाद’ले बक्सअफिसमा आफुलाई जति सफल तुल्यायो, त्यो भन्दा बढी दर्शकको मनमा बस्न सफल भयो । त्यहिँ सिनेमाबाट कलाकार विपिन कार्की, खगेन्द्र लामिछाने नेपाली सिने क्षेत्रमा टिलिक्क टल्किए । त्यस्तै निर्देशक दीपेन्द्र के खनाललाई पनि सिनेमाले राम्रै उचाई दियो 

‘पशुपति प्रसाद’बाट खगेन्द्र लामिछानेले उकृष्ट पटकथामा वर्षकै सर्वाधिक अवार्ड पाउँदा निर्देशकले पनि निर्देशन विधामा वर्षभरिका अवार्ड सोर्हे ।

अब यी दुवै सिनेकर्मी पुन: पर्दामा आउदैछन् । ‘धनपति’ सिनेमा मार्फत दर्शक माझ आउँन लागेका यी दुईको सिनेमालाई व्यग्र प्रतिक्षा गरिएको छ । टिमलाई चुनौती छ, अघिल्लो सिनेमा भन्दा धनपति’ उत्कृष्ट हुनु पर्ने ।

दर्शकले ‘पशुपति प्रसाद’ जस्तै राम्रो सिनेमाको प्रतिक्षा गर्दा निर्देशक उक्त सिनेमा भन्दा ‘धनपति’ एक स्टेप माथि रहेको तर्क गर्छन । ”पशुपति प्रसाद’ भन्दा राम्रो बनाउँने चुनौती पहिले देखि नै थियो । त्यहिँ चुनौतीलाई हामीले चिर्ने कोशिस गरेका छौ । मैले हेर्दा त सिनेमा ‘पशुपति प्रसाद’ लेभलको भन्दा पनि एक स्थान माथि बनेको जस्तो लाग्छ । अब, दर्शक प्रतिक्रियाको प्रतिक्षा छ ।’

त्यस्तै खगेन्द्र ‘धनपति’ले समाजलाई नै प्रश्न गर्ने तर्क राख्छन । ‘धनपति’मा उठाइएको विषयवस्तुले समाजमा भैरहेको वेतिथिप्रति प्रत्येक व्यक्तिलाई प्रश्न गर्छ । जसको उत्तर समेत दर्शकले आफैबाट खोज्नु पर्ने हुन्छ ।’

हेर्नुस ‘धनपति’ टिमसँग गरिएको सिनेमा विशेष कुराकानी:-