‘धनपति’ को सुखद सुरुवात, मल्टिप्लेक्समा बुकिङ आक्रमक

‘धनपति’ को सुखद सुरुवात, मल्टिप्लेक्समा बुकिङ आक्रमक

द सिनेमा टाइम्स
0
Shares

प्रदर्शनमा आएको पहिलो दिन फिल्म धनपति ले सुखद व्यापार गरेको छ । शुक्रबार फिल्मले ७५ प्रतिशत माथि अकुपेन्सी कायम गरेको निर्माता तथा निर्देशक दिपेन्द्र के.खनालले जानकारी दिए । राजधानीका क्यु.एफ.एक्स, बिग, एफ.क्युव अन्र्तगतका हलहरु करिब करिब हाउसफूल रहेको थियो  । काठमाण्डौं र मोफसल गरी देशका करिब ५५ बढी हलहरुमा फिल्म  प्रदर्शन  भैरहेको छ । शनिबार क्युएफएक्सले १६ वटा शो उपलब्ध गराएको छ भने प्राय जसो  शो सोल्डआउट भैसकेको छ ।’पशुपति प्रसाद’को सफलता पछि सोहि टिमले निर्माण गरेको ‘धनपति’ निर्माण घोषणासँगै चर्चामा थियो । फिल्मको बिहिबार प्रिमियर सो सम्पन्न भयो । राजधानीको कुमारी हलमा भएको प्रिमियरमा थुप्रै कलाकर्मी तथा संचारकर्मीको उपस्थिति थियो । प्रिमियरमा सहभागी अधिकाशंले सिनेमा आफूहरूलाई मनपरेको प्रतिक्रिया दिएका थिए । दिपेन्द्र के खनालको निर्देशनमा बनेको सिनेमामा खगेन्द्र लामिछाने शीर्ष भूमिकामा छन् । सिनेमाको कथा पनि उनकै हो । सिनेमामा खगेन्द्र लामिछानेका अलावा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।निर्माता भने रोजिना सिटौला रहेकी छन्।