‘देश खोज्दै जाँदा’को ‘छातीमा लागेको’ गीत सार्वजनिक

‘देश खोज्दै जाँदा’को ‘छातीमा लागेको’ गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ | फिल्म ‘देश खोज्दै जाँदा’को पहिलो गीत सार्वजनिक गरिएको छ । यसअघि रिलिज ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएपछी निर्माण युनिटले ‘छातीमा लागेको’  बोलको गीत सार्वजनिक गरेको हो ।

श्रवन मुकारुङको शब्द सिर्जना रहेको गीतले देशप्रेमका शब्दहरु बोल्छ । आभाषको संगीतमा बनेको गीतमा स्वरूपराज आचार्यको स्वर सुन्न सकिन्छ | गीतमा शरणार्थीहरुले भेगेका दुख-सुखलाई चित्रण गरिएको छ ।

जेठ १२ मा रिलिज हुने फिल्ममा प्रकाश  प्रकाश आङदेम्बेको लेखन/निर्देशन रहेको  छ | फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मिना कोइराला, अरुणा कार्की, सरीता वली, तिब्ब्त राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा, प्रताप सुब्बा लगायत कलाकारको अभिनय रहेको छ ।

संजय लामाले खिचेको फिल्मलाई मनोञ्जन श्रेष्ठले सम्पादन गरेका छन् । फिल्ममा उपेन्द्र सुब्बाको पटकथा रहेको छ ।