भदौमै आउने भयो ‘देश खोज्दै जाँदा’ थाँहा पाउनुहोस् रिलिज डेट !

भदौमै आउने भयो ‘देश खोज्दै जाँदा’ थाँहा पाउनुहोस् रिलिज डेट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । प्रकाश आङदेम्बेको डेब्यु निर्देशन रहेको सिनेमा ‘देश खोज्दै जाँदा’को प्रदर्शन मिति तय भएको छ । लाइन क्रस मुभिजको व्यानरमा निर्माण भएको सिनेमा भदौ ९ मा रिलिज हुनेछ ।

यसअघी निर्माण युनिटले युट्युब मार्फत सिनेमाको ट्रेलर र ‘छातिमा लागेको’ बोलको एक गीत पनि सार्वजनिक गरिसकेको छ । रिलिज मिति तय गर्दै गर्दा सिनेमाले दुई पोस्टर पनि सार्वजनिक गरेको छ । जहाँ भुटानी शरणार्थी जीवनका केहि दृश्यहरु महसुस गर्न सकिन्छ ।

सिनेमालाई निर्देशकले आफ्नै कन्सेप्टमा लेखेका हुन् । सिनेमाले भुटानी शरणार्थीको कथा बोल्छ । ‘देश खोज्दै जाँदा’मा दुई दशक भन्दा बढी नेपालमा शरणार्थीको जीवन विताउन बाध्य भुटानी नागरिकहरुको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा वाह्य द्वन्दलाई मार्मिक र समवेदनशीलताका साथ उजागर गरिएको छ ।

‘देश खोज्दै जाँदा’मा हेमन्त बुढाथोकी, बाबु बोगटी, मीना कोइराला, अरुणा कार्की, सरिता वली, तिव्वत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवाष थापा र प्रताब सुब्बाको अभिनय छ । यो सिनेमामा उपेन्द्र सुब्बाको पटकथा, आभासको संगीत, संजय लामाको छायाँकन र मनोरंजन श्रेष्ठको सम्पादन छ । सिनेमालाई बिरेन्द्र क्षेत्रीले निर्माण गरेका हुन् ।