‘xXx 4’मा दीपिका पादुकोण अनुबन्धित !

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिउड डेब्यु गरेको सिनेमा ‘xXx- रिटर्न्स अफ जेन्डर केज’ यहिँ बर्षको जनवरीमा प्रदर्शन भयो । बक्सअफिसमा मध्यम व्यापार गरेको सिनेमाले समिक्षकबाट पनि सन्तोषजनक प्रतिक्रिया पायो ।

सिनेमामा दीपिका पादुकोणको बोल्ड प्रस्तुतिलाई पनि रुचाइएयो । त्यसैले ‘xXx’को चौंथो सिरिजमा पनि दीपिकाले अभिनय गर्न पाउने भएकी छन् । निर्देशक डिजे कुरुसौले ट्वीट मार्फत सिनेमाको लागि दीपिकालाई अनुबन्धित गरेको सुचना दिएका हुन् ।

उनले लेखेका छन् “Serena Unger Aka Deepika is there in #xXx4?”, Caruso replied, “Oh yes.” अब ‘xXx4’ दीपिकाका लागि दोस्रो हलिउड सिनेमा हुनेछ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *