बिरामी कलाकार छेत्रीलाई अमेरिकाबाट ५ लाख सहयोग

बिरामी कलाकार छेत्रीलाई अमेरिकाबाट ५ लाख सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ | बिरामी कलाकार दिपक क्षेत्रिको उपचार्थ नेपाली फिल्मकर्मीले अमेरिकामा संकलन गरेको ५ लाख रकम हस्तान्तरण गरिएको छ । आईतबार अभिनेत्री पुजा चन्दले क्षेत्रिकै निवाशमा पुगेर ५ लाख नगत हस्तान्तरण गरिन ।

हालसम्म कुल $९,११० (करीब ९ लाख ११ हजार रुपैया )को प्रतिबद्दता प्राप्त भएकोमा केही रकम उठिसकेको र केही उठ्ने क्रममा रहेको अभियानका संयोजक सुरेशदर्पण पोखरेलले बताएका छन् । उठेको रकमबाट पाँच लाख रुपैयाँ प्रदान भएको हो । अमेरिकामा रहेका नेपाली कलाकर्मिबाट मात्रै $५,४०६ (करीब ५ लाख ४० हजार रुपैया) जम्मा भएको छ भने ‘गोफन्डमि’ नामक च्यारिटी वेबसाइटमा कलाप्रेमीहरुबाट यो समाचार तयार पार्दासम्म $३,७०४ (करीब ३ लाख ७० हजार ) जम्मा भईसकेको छ ।

संकलित सम्पूर्ण रकमलाई दुई चरण गरेर क्षेत्रीलाई उपलब्ध गराउने बताईएको छ । ठुलोपर्दा डटकम लगायतका सञ्चारमाध्यममा बिरामी कलाकार दीपक क्षेत्रीको अन्तरवार्ता प्रकाशन-प्रशारण भएपछि संसारभरका नेपालीहरुबाट सहयोग आईरहेका छन् ।

क्षेत्रीको उपचार शुरु भईसकेको छ । बरिष्ठ नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा. बिके सिन्हाले क्षेत्रीको चेकजाँच गरी औषधी दिई सात दिनको लागि आराम गराएका छन् । बाँकी उपचार आराम अवधी सकिएपछि हुनेछ । झण्डै चार बर्षदेखी क्षेत्रीको घाँटीमा समस्या आएको थियो । घाँटीमा मासु पलाएकोले उनले राम्रोसँग बोल्न नसक्ने भएका छन् ।

युकेबाट पनि 3 लाख सहयोग:

दिपक क्षेत्री उपचार सहयोग अभियान अन्तरगत यूकेमा बसोबास गर्ने नेपाली समुदाय तथा क्षेत्री समाज यूकेबाट तीन लाख रुपैयाँ सहयोग रकम प्रदान भएको छ । सोमबार राजधानीमा क्षेत्री समाज यूकेका पूर्व अध्यक्ष प्रेम खड्काको हातबाट बिरामी कलाकार क्षेत्रीलाई हस्तान्तरण गरियो । नेपाल तथा संसारभरका नेपालीबाट प्राप्त सहयोग पछि कलाकार क्षेत्रीले संसारभरका नेपालीको मायाले आफुलाई यसै निको भएको जस्तो लागेको बताए ।

हेर्नुस भिडियो:-