OMG: मनिषाको नयाँ अवतार, ‘डियर माया’ ट्रेलर

OMG: मनिषाको नयाँ अवतार, ‘डियर माया’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री मनिषा कोइराला अभिनित पछिल्लो फिल्म ‘डियर माया’को ट्रेलर सार्वजनिक गरिएको छ । जहाँ बलिउडकी सुन्दरी अभिनेत्री मनिषा एक वृद्द महिलाको अवतारमा प्रस्तुत भएकी छन् ।

मनोवैज्ञानिक थ्रिल फिल्म ‘डियर माया’बाटै मनिषाको बलिउडमा दोस्रो पारी सुरु हुदैछ । क्यान्सरको सिकारबाट करिब ५ बर्ष थलिएकी मनिषाको नयाँ अवतारको कारण ‘डियर माया’ले सबैमा कौतुहलता सिर्जना गरेको छ । सुनैना बटनगर निर्देशित फिल्म २ जुनमा सार्वजनिक हुदैछ ।

बलिउडमा एक ताका तहल्का पिटेकी मनिषाले ‘दिल से’, ‘लज्जा’, ‘खामोसी’, ‘बम्बे’ जस्ता फिल्ममा गरेको अभिनयका कारण चर्चामा आएकी थिइन् । मनिषा संजय दत्तको बायोपिकमा आमाको भूमिकामा प्रस्तुत हुदैछन । त्यस्तै मनिषाले केहि बर्ष अगाडी नेपाली फिल्म ‘धर्मा’मा अभिनय गरेकी थिइन् ।