‘भैरे’मा दया र बर्षा

‘भैरे’मा दया र बर्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘लप्पन छप्पन’मा सँगै अभिनय गरेका अभिनेता दयाहाङ राई र अभिनेत्री बर्षा सिवाकोटी नयाँ सिनेमाका लागि अनुबन्धित भएका छन् ।

स्रोतका अनुसार यसअघि ‘ठुली’ निर्देशन गरेका एभरेस्ट सुर्य बोहराले निर्देशन गर्ने सिनेमाको नाम ‘भैरे ‘ तय गरिएको छ । केहि दिनमा प्रेसमिट गरेर सिनेमाको अफिसियल घोषणा गरिदैछ । लिड अभिनेत्री खोजि भैरहेको सिनेमामा बुद्दी तामाङ र अनुभव रेग्मी पनि फाईनल भएका छन् ।

नेपालय सिनेमा इन्टरनेशनलको प्रस्तुतीमा बन्ने सिनेमामा प्रेमप्रसाद पौडेल निर्मातामा र देवीमाया अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । साधारण गाउँले युवकको कथा बोल्ने सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।