Poster Out: “लालटिन” पोष्टरमा दयाको यो सोचमग्न रुप

Poster Out: “लालटिन” पोष्टरमा दयाको यो सोचमग्न रुप

द सिनेमा टाइम्स
0
Shares

देवकुमार श्रेष्ठ निर्देशित सिनेमा “लालटिन”को फाईनल अफिसियल पोष्टर आउट भएको छ । पोष्टरमा दयाहाङ राईको एकल फिचर छ, उनि अलि सोचमग्न देखिन्छन् ।

दया संगै सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, अर्जुनजंग शाही, ए गुरुङ, भानुप्रताप, जनक बर्तौंला, रीया श्रेष्ठ, लीला माया, नवीन शाह, सुनिल कट्वाल, मोहनविक्रम श्रेष्ठ, कमल आले र रामकेशर बोगटी जस्ता कलाकारहरुको अभिनय छ ।

आगामी चैत १८ गते रिलिज हुने यो फिल्मलाई दर्शकले प्रतिक्षीत मानिरहेको बुझ्न सकिन्छ । दार्जलिङमा बिशेष प्रर्दशन गरि फिल्मको बिश्व प्रर्दशनी समेत थालिने भएको छ । सिनेमामा विनोद ढकाल, डिजराज पौडेल र किरण माइकलको संगीत, रोशन श्रेष्ठको एक्सन, हरि घलेको छायांकन, अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

एमसन पिक्चर्सको ब्यानरमा बनेको सिनेमालाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ फिल्मका सह निर्माता रुपमा हुन् ।