आमिरको दंगलले तीन दिनमा कमायो एकसय छ करोड

आमिरको दंगलले तीन दिनमा कमायो एकसय छ करोड

द सिनेमा टाइम्स
0
Shares

आमिर खान स्टारर बलिउड फिल्म दंगलले तीन दिनमा नै एक सय करोड माथिको बक्स अफिस कलेक्सन गरेको छ ।  दंगलले भारतबाट मात्र तीन दिनमा एक सय ६ करोडको बिजनेश गरेको हो, बिश्वब्यापी कलेक्सन हेर्ने हो भने अझै बढी हुन् आउछ ।

फिल्मले शुक्रबार को २९ करोड ७८ लाख, शनिबार  ३४ करोड ८२ लाख र आइतबार ४२ करोड ३५ लाखको व्यापार गरेको हो। पहलमान महाबिर फोगट, उनको छोरीहरु गीता र बबिताको जीवन कथामा आधारित फिल्मले निकै राम्रो रिभ्यु पाएको छ ।

नितेश तिवारी निर्देशित फिल्ममा आमिर संगै फातिमा सना खान, शाक्षी तनवार, सान्या मलोत्रा लगायतको अभिनय छ ।