दंगलको कलेक्सन एकसय ७६ करोड, नेपाली बक्स अफिसमा ४ करोड २० लाख

दंगलको कलेक्सन एकसय ७६ करोड, नेपाली बक्स अफिसमा ४ करोड २० लाख

द सिनेमा टाइम्स
0
Shares

 

आमिर खान स्टारर बलिउड फिल्म दंगलले नेपालबाट पाँच दिनमा चार करोड २० करोडको ग्रस्  बक्स अफिस कलेक्सन गरेको छ ।  दंगलले भारतबाट अहिलेसम्म एक सय ७६ करोडको बिजनेश गरिसकेको koimoi.comले लेखेको छ ।

बिश्वभरको कलेक्सन हेर्ने हो भने दंगलले झन्डै सय करोड कमाएको बुझिएको छ, जसमा नेपालबाट चार करोड २० लाखको योगदान छ । भारतमा फिल्मले शुक्रबार २९ करोड ७८ लाख, शनिबार ३४ करोड ८२ लाख र आइतबार ४२ करोड ३५ लाखको व्यापार गरेको थियो ।

नेपाली मल्टिप्लेक्समा अझै पनि दर्शक चाप उच्च छ भने शोहरु समेत राम्रो पाईरहेको छ । पहलमान महाबिर फोगट, उनको छोरीहरु गीता र बबिताको जीवन कथामा आधारित फिल्मले निकै राम्रो रिभ्यु पाएको छ ।

नितेश तिवारी निर्देशित फिल्ममा आमिर संगै फातिमा सना खान, शाक्षी तनवार, सान्या मलोत्रा लगायतको अभिनय छ