आमिर खान स्टारर बलिउड फिल्म दंगलले नेपालबाट तीन हप्तामा करिब चार करोड १० करोडको प्लसको ग्रस् बक्स अफिस कलेक्सन गरेको छ । दंगलले भारतबाट अहिलेसम्म एक सय ३४५ करोडको बिजनेश गरिसकेको koimoi.comले लेखेको छ ।
बिश्वभरको कलेक्सन हेर्ने हो भने दंगलले झन्डै ६६३ करोड कमाएको बुझिएको छ, जसमा नेपालबाट चार करोड १० करोडको योगदान छ । भारतमा फिल्मले रिलिजको दिन २९ करोड ७८ लाख, शनिबार ३४ करोड ८२ लाख र आइतबार ४२ करोड ३५ लाखको व्यापार गरेको थियो ।
आमिरको अघिल्लो फिल्म पिकेको कलेक्सन लाई समेत दंगलले उछिनेको छ, पिकेले ३३९ करोड कमाएको थियो । नेपाली मल्टिप्लेक्समा अझै पनि दंगलको शोहरु छ । पहलमान महाबिर फोगट, उनको छोरीहरु गीता र बबिताको जीवन कथामा आधारित फिल्मले निकै राम्रो रिभ्यु पाएको छ ।
नितेश तिवारी निर्देशित फिल्ममा आमिर संगै फातिमा सना खान, शाक्षी तनवार, सान्या मलोत्रा लगायतको अभिनय छ ।
प्रतिक्रिया