‘दंगल’लाई विश्वव्यापी २ हजार करोड !

‘दंगल’लाई विश्वव्यापी २ हजार करोड !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड सिनेमा ‘दंगल’ले विश्वव्यापी २ हजार करोड भारु ग्रस कलेक्सन गर्न सफल भएको छ । ‘दंगल’ले यो ब्रेन्चमार्क चाइनिज बक्सअफिसको प्रभावमा गर्न सफल भएको हो ।

चिन रिलिज भएको ५३औ दिनमा २.५ करोडको कलेक्सन गर्दै भारतीय सिनेमाको इतिहासमा २ हजार करोड (२० अर्व)’को कमाई गर्दै रेकर्ड खडा गरेको हो । चाइनिज बक्सअफिसमा सर्वाधिक कमाउने विदेशी सिनेमाको सुचीमा ‘दंगल’ १६औ स्थानमा उक्लिएको छ । चिनमै ‘दंगल’ले १२ सय करोड माथिको व्यापार गरिसकेको छ ।

सिनेमाले भारतमा जम्मा ५ सय ४२ करोड ग्रस कलेक्सन गरेको थियो । यो बायोपिक ड्रामामा आमिर खानको मुख्य भूमिका छ ।