जापानका लागि ७ लाखमा बिक्री भयो डमरुको डण्डीबियो

जापानका लागि ७ लाखमा बिक्री भयो डमरुको डण्डीबियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख २१ गते प्रदर्शनमा आएको सिनेमा डमरुको डण्डीबियोको जापान राईट ७ लाखमा बिक्री भएको छ ।

बुधबार सेभेन समुराई इन्टरनेशनलका प्रतिनिधि राजु लामा र समृद्धी इन्टरटेनमेन्टका प्रतिनिधि अर्थात सिनेमाका निर्माता बिनोद गुरुङ्गबिच पुरा जापान राईटको सम्झौता भएको हो । सेभेन समुराईका एमडी रेशमकुमार डंगोल हुन् ।
छेतेन गुरुङ्ग निर्देशित डमरुको डण्डीबियो शुक्रबारबाट तेस्रो सातामा प्रदर्शन हुदैछ ।

सिनेमाले लोपोन्मुख डण्डीबियो खेलको पुनर्जागरण गर्न लागि परेको एक युवकको कथा प्रस्तुत गरेको छ । सिनेमामा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।