‘डमरुको डन्डीबियो’ ट्रेलर रिलिज

‘डमरुको डन्डीबियो’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक भएको छ । नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित ‘फ्यामिली स्पोर्ट ड्रामा’लाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

सिनेमामा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

सिनेमाको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले लोपोन्मुख डन्डीबियो खेलको बारेमा स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ पनि सुरु गरिसकेको छ । राजधानीका केहि स्थानमा चलिरहेको ‘ठ्याक लाउने च्यालेन्ज’ले सिनेमाको प्रचार र डन्डीबियो महत्व झल्काउने निर्माण टिमले विश्वास लिएको छ । सिनेमा आगामी बैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।