प्रेस शोमा ‘डमरुको डण्डीबियो’लाई तारिफ

प्रेस शोमा ‘डमरुको डण्डीबियो’लाई तारिफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘डमरुको डण्डीबियो’ले प्रेस शोमा तारिफ बटुलेको छ ।

केहि सिनेकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको प्रेस शोमा हेरेका जतिले प्रसंसा गर्दै निस्किएका थिए । पुर्व राष्ट्रिय खेल डण्डीबियोलाई मुख्य विषयबस्तु बनाएर बाबू-छोराको सम्वन्धलाई प्रस्तुत गरेको सिनेमा हेर्दा कतै पनि हाई काड्नु नपरेको अधिकाँस पत्रकारले प्रतिक्रिया दिए ।

प्रेस शोमा निर्देशकद्वय दिपेन्द्र के खनाल, रामबाबू गुरुङ, प्रचण्डमान श्रेष्ठ, झरना थापा, प्रदीप भट्टराई लगायतले सिनेमाले उठाएको विषयबस्तु तारिफयोग्य रहेको बताए । विशेष गरि सिनेमाको विषयबस्तुसँगै कलाकारको अभिनय, छायाँकन पक्षलाई रुचाइएको पाइयो ।

छेतेन गुरुङ निर्देशित सिनेमामा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्दी तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

‘डमरुको डण्डीबियो’मा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । भने, खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।