‘डमरुको डण्डीबियो’ चल्ने प्रमुख आधारहरु

‘डमरुको डण्डीबियो’ चल्ने प्रमुख आधारहरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रतिक्षित सिनेमा ‘डमरुको डण्डीबियो’ रिलिज हुन् केहि दिन मात्र बाँकी छ । पुर्व राष्ट्रिय खेल डण्डीबियोमाथि आधारित रहेर निर्माण गरिएको सिनेमाले कस्तो व्यापार गर्ला ?

नेपाली सिनेमा बजारमा यो साता डण्डीबियोकै चर्चा धेरै छ । वर्ष २०७५ को सुरुवात सोचेजस्तो हुन् सकेन । बैशाख २१ अघि प्रदर्शित सिनेमाको व्यापारलाई हेर्दा सुखद मान्न सकिन्न । अब आशा ‘डमरुको डण्डीबियो’कै छ । द सिनेमा टाइम्सले ‘डमरुको डण्डीबियो’ चल्न सक्ने केहि आधारहरु प्रस्तुत गरेको छ ।

बिषयबस्तु

प्राय: नेपालमा स्पोर्ट ड्रामा बन्दैनन् । जति बनेका छन् ति सिनेमाले दर्शकको मन भर्न सकेनन । अब ‘डमरुको डण्डीबियो’को आशा छ । किनकी, यो कुनै विश्व चर्चित खेलमा बनेको सिनेमा होइन । नेपालको पुर्व राष्ट्रिय खेललाई अहिले सरकारले राष्ट्रिय खेलबाट हटाइसकेको छ । खगेन्द्र लामिछानेका अघिल्ला सिनेमा हेर्ने हो भने, उनले सामान्य विषयमा कथा लेखेका छन् । डण्डीबियो नेपालको गाउँमा लोकप्रिय खेल हो । विस्तारै लोप हुँदै गैरहेको डण्डीबियोलाई पर्दामा ल्याउनुलाई अधिकाँसले प्रसंसनिय भनेका छन् ।

उसो त सिनेमाका सार्वजनिक प्रचार सामाग्रीलाई पनि दर्शकले सकारात्मक रुपमा लिएका छन् । ट्रेलर, गीत र पोस्टर हेरेर बनाएको हाइपले गर्दा सिनेमा चल्ने बलियो आधार खडा भएको छ ।

खगेन्द्र लामिछाने

स्क्रिप्ट लेखन सँगै अभिनयमा अब्बल ठहरिएका खगेन्द्र ‘डमरुको डण्डीबियो’ चल्ने अर्को आधार हुन् । यिनैको अभिनय र लेखन रहेको ‘पशुपति प्रसाद’, ‘धनपति’, ‘टलकजंग भर्सेस टुल्के’लाई दर्शकले अत्याधिक रुचाएका थिए ।

अघिल्ला सिनेमाबाट दर्शक रिझाएका कारण खगेन्द्रप्रति दर्शक आशावादी छन् । उसो त खगेन्द्र आफैले लेखेका सिनेमा मात्र गर्छन । वर्षमा एउटा मात्र सिनेमा गर्ने खगेन्द्रको ‘धनपति’ रिलिजको करिब १० महिना पछी यो सिनेमा रिलिज हुदैछ ।

प्रचार-प्रसार

सिनेमाको रिलिज डेट घोषणा भएदेखि नै ‘डमरुको डण्डीबियो’ले प्रचार व्यापक बनाइरहेको छ । मोफसल टूर, ठ्याक लाउने च्यालेन्ज, कलाकारको सहभागिताले ‘डण्डीबियो’को प्रचारलाई पनि सिनेमा क्षेत्रले सकारात्मक रुपमा लिएको छ ।

टिमले अधिकाँस मिडियाहरुमा ‘डमरुको डण्डीबियो’को बिज्ञापन बजाइरहेको छ । जुन किसिमले सिनेमाको प्रचार-प्रसार भैरहेको छ । त्यसले सिनेमालाई दर्शकसँग नजिक बनाएको छ ।

अभिनयमा खारिएका कलाकार

‘डमरुको डण्डीबियो’मा जति पनि कलाकारले अभिनय गरेका छन् । ति सबै अभिनयमा लोकप्रिय छन् । खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, बुद्दी तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङजस्ता कलाकार अभिनयमा खारिएका छन् ।

अभिनय मन पराउने दर्शकका लागि यी कलाकार बक्स अफिसको सफलताको माध्यम बन्न सक्छन ।

प्रतिस्पर्धी सिनेमा बलियो नहुनु

बैशाख २१ मा ‘डमरुको डण्डीबियो’सँगै नेपाली सिनेमा ‘भोर’ पनि रिलिज हुदैछ । मल्टीप्लेक्स लक्षित सिनेमाको हाइप कम भैदिदा त्यसको फाइदा ‘डमरुको डण्डीबियो’लाई हुने देखिन्छ ।

त्यस्तै यो सातामा बलिउड र हलिउडका कुनै पनि सिनेमा रिलिज हुने छैनन् । बलिउडको अमिताभ बच्चन र ऋषि कपूर स्टारर सिनेमा ‘१०२ नट आउट’ नेपाल रिलिज नहुँदा त्यसको प्रत्यक्ष फाइदा ‘डमरुको डण्डीबियो’लाई पर्नेछ ।

छेतेन गुरुङ निर्देशित सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।