विद्यालयमा ‘डण्डीबियो’को उत्साह, बुद्दीले यसरी सिकाए (भिडियो)

विद्यालयमा ‘डण्डीबियो’को उत्साह, बुद्दीले यसरी सिकाए (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख २१ गते प्रदर्शनमा आएको सिनेमा ‘डमरुको डण्डीबियो’ टिमले राजधानीको एक विद्यालयमा डण्डीबियो खेल खेल्न सिकाएको छ ।

स्वयम्भूस्थित स्नो मंजुश्री विद्यालय पढ्ने विद्यार्थी र पढाउने शिक्षकहरुलाई सिनेमाका कलाकार बुद्दी तामाङ, आशंत शर्मा, अंकित खड्का र इंगि होपू कोइंच सुनवारले दुई दिन लगाएर डण्डीबियोको अन्तर्राष्ट्रिय नियमहरु पनि सिकाए । दर्शकबाट निक्कै राम्रो प्रतिक्रिया पाएको सिनेमा अहिले दोस्रो सातामा प्रदर्शनरत छ ।

दर्शकको प्रतिक्रियाले उत्साहित बनेका निर्माता बिनोद गुरुङले विषयबस्तु र समग्र सिनेमालाई मन पराएको बताए । गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, रसुवा लगायत जिल्लाका बच्चाहरुले पढ्ने मंजुश्री विद्यालयले सिनेमा हेरे पश्चात डण्डीबियो सिकाउनको लागि आग्रह गरेको र त्यहिँ अनुसार दुई दिन लगाएर डण्डीबियो सिकाइएको निर्माता गुरुङले जानकारी दिए । अब उक्त विद्यालयमा साताको दुई दिन डण्डीबियो खेल खेलाइने छ । साथै, सिनेमा सुटिङताका प्रयोग भएका डण्डीबियो सम्वन्धी सामाग्ग्री पनि प्रदान गरिएको बताए ।

अन्य ठाउँबाट यदि डण्डीबियो बारेमा सिकाउन अफर आएको खण्डमा टिम पछी नहट्ने गुरुङले प्रस्ट्याए ।

छेतेन गुरुङ निर्देशित सिनेमाले लोपोन्मुख डण्डीबियो खेलको पुनर्जागरण गर्न लागि परेको एक युवकको कथा प्रस्तुत गरेको छ । सिनेमामा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।