सबै दर्शकका लागि ‘डमरुको डण्डीबियो’

सबै दर्शकका लागि ‘डमरुको डण्डीबियो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख २१ अर्थात् आगामी साता रिलिज हुने सिनेमा ‘डमरुको डण्डीबियो’ सेन्सर पास भएको छ ।

सेन्सर बोर्डले यसलाई युनिभर्सल सर्टिफिकेट दिएको छ । अब खगेन्द्र लामिछाने स्टारर सिनेमालाई सबै उमेर समुहका दर्शकले हेर्न पाउने छन् । पछिल्लो चर्चामा रहेको सिनेमालाई आशाका रुपमा हेरिएको छ । खगेन्द्र अभिनित यसअघि सिनेमालाई दर्शकले खुबै रुचाएका थिए । सिनेमाको ट्रेलरबाट आएको शतप्रतिशत सकारात्मक प्रतिक्रियाले पनि ‘डमरुको डण्डीबियो अझ प्रतिक्षित बनाएको छ ।

छेतेन गुरुङ निर्देशित फ्यामिली स्पोर्ट ड्रामामा खगेन्द्रका अलावा मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।