‘दाल भात तरकारी’ मा हरिवंशसँग निरुताको जोडी

‘दाल भात तरकारी’ मा हरिवंशसँग निरुताको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं –  मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण रहने सिनेमा  ‘दाल भात तरकारी’ को प्रदर्शन मिति बैशाखको दोस्रो सातालाई तोकिएको छ । मङ्सिर पहिलो साताबाट छायाँकनमा जाने सिनेमालाई दर्शकले बैशाख १३ मा हेर्न पाउनेछन् । सिनेमाको कलाकार फाइनलको अन्तिम चरणमा रहेको सिनेमाको बारेमा औपचारिक जानकारी सहितको पत्रकार सम्मेलन आउदो साता गर्ने भनिएता पनि सिनेमासँग सम्बन्धित खबर भने बाहिर आइरहेका छन् ।

प्रस्तुतकर्ता किरणकै पछिल्लो जन्मोत्सवमा घोषणा गरिएको सिनेमालाई उनकै पुत्र सुदन केसीले निर्देशन गर्दैछन । सिनेमामा मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि देखिनेछन् । सिनेमामा हरिवंशको जोडीको रुपमा अभिनेत्री निरुता सिंह देखिदैछिन । पछिल्लो समय मुम्बईमै बसोबास गरिरहेकी निरुताले ‘नाइँ नभन्नु ल ५’ मा पनि अभिनय गरेकी छिन ।

यसैगरी सिनेमामा विल्सन विक्रम राइ , स्वस्तिमा खड्का र पुष्प खड्का पनि फाइनल भइसकेका छन् । गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘शत्रुगते’को सफलतापछि यो टिम नयाँ सिनेमा  निर्माणमा कस्सिएका हुन् ।