कात्तिक ३० गते रिलिज हुने सिनेमा ‘दैलो’को ट्रेलर सार्वजनिक !

कात्तिक ३० गते रिलिज हुने सिनेमा ‘दैलो’को ट्रेलर सार्वजनिक !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – कात्तिक ३० गतेले आफ्नो प्रदर्शन मिती तय गरेको सिनेमा ‘दैलो’को ट्रेलर सार्वजनिक गरिएको छ । बाबुआमा र छोरा छोरीको सम्बन्धमा पैसाले ल्याउने फाटोको कथा सिनेमाले उठाएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।

सुरेश उपेतीको निर्माण तथा निर्देशन रहेको सिनेमामा सुरेश उप्रेती दुर्गा साउद, विकाश चापागाई दीपक डोटेल मुना प्रसाई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमालाई अर्जुन उप्रेती र यसोदा उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् । विमल भट्टराईको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमा अहिले निर्माण भैरहेको सिनेमा भन्दा फरक रहेको निर्देशक उप्रेतीले बताए ।