शिक्षकको पीडा बोल्ने ‘दैलो’को नयाँ गीत रिलिज (भिडियो)

शिक्षकको पीडा बोल्ने ‘दैलो’को नयाँ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा ‘दैलो’को गीत सार्वजनिक गरिएको छ । कार्तिक ३० गते रिलिज हुने सिनेमाको सार्वजनिक गीतले शिक्षण पेशा रोज्ने शिक्षकहरुको पीडा बोलेको छ । निलम उप्रेतीको शब्द तथा संगीत रहेको गीतमा निलमकै स्वर छ ।

सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको सिनेमामा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमालाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

निर्देशक सुरेश उप्रेतीका अनुसार ‘दैलो’ अहिले बनिरहेका सिनेमा भन्दा फरक छ । सिनेमामा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । सिनेमाको कथा तथा पटकथा निर्देशक उप्रेतेले नै तगार पारेका हुन् ।