डी सिने अवार्डमा विपिन, प्रियंका तथा छक्का पञ्जाको बाजी

डी सिने अवार्डमा विपिन, प्रियंका तथा छक्का पञ्जाको बाजी

द सिनेमा टाइम्स
0
Shares

बिहीवार हेटौडाको ओम्याक्स सिनेमा हलमा सम्पन्न ‘नवौं डी सिने अवार्ड’मा दीपाश्री निरौलाको निर्देशकिय डेब्यू सिनेमा ‘छक्का पञ्जा’ सर्वोत्कृष्ट घोषित भएको छ । सो अवार्डमा अभिनेता तर्फ भने  ‘जात्रा’का विपिन कार्की उत्कृष्ट नायक  हुँदा’छक्का पन्जा’बाट नायिका प्रियंका कार्कीले उत्कृष्ट नायिकाको अवार्ड प्राप्त गर्न सफल भइन् ।

अवार्डमा फिल्म ‘छक्का पन्जा’ले सर्वाधिक ११ विधामा आफूलाई उत्कृष्ट साबित गर्‍यो  । ‘छक्का पन्जा’ले उत्कृष्ट नायिकाको अवार्डसँगै उत्कृष्ट फिल्म, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट हास्यकलाकार, उत्कृष्ट खलपात्र, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गायक, उत्कृष्ट संगीतकार र उत्कृष्ट संवाद, उत्कृष्ट सम्पादन र उत्कृष्ट छायाँकारको अवार्डमा कब्जा जमायो । 

कार्यक्रममा ‘तीन घुम्ती’लाई जुरी अवार्ड पाउँदा ‘जात्रा’बाट निर्देशक प्रदीप भट्टराई, ‘झुम्की’बाट मनोज आरसी र ‘पुरानो डुंगा’बाट नायिका मेनुका प्रधानले क्रिटिक्स अवार्ड हात पारे ।  त्यस्तै, मिलन चाम्सलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो भने’ठमेल बजार’बाट गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाले पब्लिक च्वाइस अवार्ड पाए

कार्यक्रममा पत्रकार लक्ष्मण सुवेदीलाई ९ हजार ९ सय ९९ सय राशीसहितको ‘छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो भने बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बासकोटा ‘छायाँछवि लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’ बाट सम्मानित भए ।

यस्तै, अवार्डमा ‘छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’ बाट पुरुषतर्फ अभिनेता सरोज खनाल हुँदा महिलातर्फ भने सो सम्मान अभिनेत्री रुपा रानालाई प्रदान गरियो । आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र क्षेत्रमा लागेकाहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए ।

अवार्डका विजेताहरञको सूचि यस्तो छ :

 १) उत्कृष्ट एनिमेशन  द फेमश

२) उत्कृष्ट ध्वनि मिश्रण

मनोजराज भण्डारी – जात्रा

३) उत्कृष्ट पाश्र्व संगीत

शैलेश श्रेष्ठ – गाजलु

४) उत्कृष्ट केमियो

निश्चल बस्नेत – लप्पन छप्पन

५) उत्कृष्ट द्वन्द्व निर्देशक

हिमाल केसी – निर्भय

६) उत्कृष्ट बाल-कलाकार

साइब्रत आचार्य – छायाँ

७) उत्कृष्ट हाँस्यकलाकार

केदार घिमिरे – छक्का पञ्जा

८) उत्कृष्ट खलपात्र

दीपकराज गिरी – छक्का पञ्जा

९) उत्कृष्ट नृत्य निर्देशक

कविराज गहतराज – पूर्ब पश्चिम रेल…(छक्का पञ्जा)

१०) उत्कृष्ट गीतकार

आकाश अधिकारी – पागल…(के म तिम्रो होईन र)

११) उत्कृष्ट गायिका

मिना निरौला – ठमेल बजार – लुट २

१२) उत्कृष्ट गायक

कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा

१३) उत्कृष्ट संगीतकार

दीपक शर्मा – देखन चम्पा…(छक्का पञ्जा)

१४) उत्कृष्ट संवाद

दीपकराज गिरी – छक्का पञ्जा

१५) उत्कृष्ट पटकथा

हेमराज बिसी – गाजलु

१६) उत्कृष्ट कथा

रामबाबु गुरुङ – पुरानो डुंगा

१७) उत्कृष्ट नव-नायिका

श्रृष्टी श्रेष्ठ – गाजलु

१८) उत्कृष्ट नव-नायक

आर्यन अधिकारी – के म तिम्रो हैन र

१९) उत्कृष्ट नव-निर्देशक

दीपाश्री निरौला – छक्का पञ्जा

२०) उत्कृष्ट चरित्र अभिनेत्री

गौरी मल्ल – के म तिम्रो हैन र

२१) उत्कृष्ट चरित्र अभिनेता

शिशिर राणा – बीर बिक्रम

२२) उत्कृष्ट सह-अभिनेत्री

सुस्मिता केसी – म त तिम्रै हुँ

२३) उत्कृष्ट सह-अभिनेता

सुशान्त कार्की – तीन घुम्ती

२४) उत्कृष्ट सम्पादक

बिपिन मल्ल – छक्का पञ्जा

२५) उत्कृष्ट छायाँकार

पुरुषोत्तम प्रधान – छक्का पञ्जा

२६) उत्कृष्ट अभिनेत्री

प्रियंका कार्की – छक्का पञ्जा

२७) उत्कृष्ट अभिनेता

विपिन कार्की – जात्रा

२८) उत्कृष्ट निर्देशक

हेमराज बिसी – गाजलु

२९) उत्कृष्ट चलचित्र

छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्