डी-सिने अवार्डमा ‘कृ’ र ‘मंगलम’ सर्वाधिक विधामा मनोनित

डी-सिने अवार्डमा ‘कृ’ र ‘मंगलम’ सर्वाधिक विधामा मनोनित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दशौँ संस्करणको डी-सिने अवार्डका लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । छायाँछवी क्रियसनले विगत १० वर्षदेखि वितरण गर्दै आएको अवार्डले डिजिटल प्रविधिबाट निर्माण भएका सिनेमालाई प्रोत्साहन गर्दै आइरहेको छ ।

यसपटकको अवार्डमा ‘कृ’ र ‘मङ्गलम’ सर्वाधिक समान १३ विधामा मनोनित छन् । त्यस्तै वर्षको सर्वाधिक ग्रसर ‘छक्का पन्जा २’ ११ विधामा मनोनित हुँदा  वर्षको अन्तिम रिलिज ‘लिलिबिली’ १० मा मनोनित छ ।  दुई साता अगाडी सम्पन्न एनएफडिसी अवार्डमा वर्चश्व कायम गरेको ‘शत्रु गते’ले जम्मा तीन विधामा चित्त बुझाउनु परेको छ ।

अभिनेता तर्फ  अनमोल केसी ‘कृ’, पुष्पल खड्का ‘मङ्गलम’, प्रदीप खड्का ‘लिलिबिली’, विल्सनविक्रम राई ‘रातोघर’ र सौगात मल्ल ‘संरक्षण’बाट उत्कृष्ट पाँचमा अटाएका छन् । त्यस्तै अभिनेत्री तर्फको उत्कृष्ट पाँचमा नीता ढुंगाना ‘पंचायत’, बेनिषा हमाल ‘ब्लाइन्ड रक्स’, साम्राज्ञी राज्यलक्ष्मी शाह ‘ए मेरो हजुर २’, शिल्पा पोखरेल ‘मङ्गलम’ र श्वेता खड्का ‘कान्छी’बाट छन् ।

प्रतिस्पर्धाको लागि २९ विधा सम्हिलित अवार्डमा उत्कृष्ट सिनेमामा ‘ऐश्वर्य’, ‘कृ’, ‘छक्का पन्जा २’, ‘मङ्गलम’ र ‘लिलिबिली’ छन् । भने निर्देशकको विधामा यिनै सिनेमाबाट दिवाकर भट्टराई, सुरेन्द्र पौडेल, दीपाश्री निरौला, नवल नेपाल र मिलन चाम्स मनोनित छन् ।

आगामी जेठ १० गते राष्ट्रिय सभागृहमा आयोजना हुने दशौँ इएनआई डी-सिने अवार्डको उत्कृष्ट पाँचको मनोनयन जुरीद्वय लेखक/निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार/निर्देशक डब्बु क्षेत्री, निर्देशक/सिनेम्याटोग्राफर सवनम मुखियाले निकालेका हुन् ।

प्रतिस्पर्धाका २९ विधासँगै जुरी अवार्ड, क्रिटीक्स अवार्ड, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड सहित छायाँछवि चलचित्रकर्मी रजत सम्मान पुरुष र महिला, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार, छायाँछवि लिजेन्ड्री सम्मान गरि ३६ विधामा अवार्ड वितरण गरिने छ ।

उत्कृष्ट पाँचको मनोनयन सुची:-

१. उत्कृष्ट एनिमेशन

अक्की शर्मा – पिंजडा व्याक अगेन

अच्यूत लामिछाने – राधे

अनुपम शाह – कान्छी

ग्लेज इन्टरटेन्टमेन्ट – कृ

सत्यम राना/अक्की शर्मा – बटरफ्लाई

२. उत्कृष्ट पाश्र्वसंगीत

एलिश कार्की – मंगलम

एलिश कार्की – लिलीबिली

रोहित शाक्य – घामपानी

शैलेश श्रेष्ठ – रोहित शाक्य – कृ

शैलेश श्रेष्ठ – दुई रुपैयाँ

३. उत्कृष्ट ध्वनिमिश्रण

उत्तम न्यौपाने – ऐश्वर्य

उत्तम न्यौपाने – कृ

मुकेश शाह – मंगलम

मुकेश शाह – लिलीबिली

सुनयमान श्रेष्ठ – संरक्षण

४. उत्कृष्ट गीतकार

अर्जुन पोखरेल – ऐश्वर्य – तिमी रोएको पल

डा.कृष्णहरी बराल – ए मेरो हजुर २– कसम हो कसम

धिरेन्द्र प्रेमर्षि – संरक्षण – संझनाको सारङ्गी

महेश पौड्याल – भुर्इँमान्छे– आफ्नै परेली पर्दा भो

सुदर्शन थापा – म यस्तो गीत गाउँछु– भन्छु आज

५. उत्कृष्ट गायिका

अञ्जु पन्त – ऐश्वर्य – तिमी रोएको पल

अञ्जु पन्त – म यस्तो गीत गाउँछु – भन्छु आज

मिना निरौला – शत्रुगते – रुपै मोहनी

मेलीना राई – दुई रुपैयाँ – कुटुमा कुटु

विन्दु परियार – मंगलम – पर्ख पर्ख

६. उत्कृष्ट गायक

कृष्ण काफ्ले – मंगलम – पर्ख पर्ख

राजनराज सिवाकोटी – कान्छी – चरी चट्ट परी

सुगम पोखरेल – म यस्तो गीत गाउँछु– भन्छु आज

सुगम पोखरेल – ऐश्वर्य – तिमी रोएको पल

शिव परियार – भुइमान्छे – आफ्नै परेली पर्दा भो

७. उत्कृष्ट संगीतकार

अर्जुन पोखरेल – ऐश्वर्य – तिमी सँग

अर्जुन पोखरेल – म यस्तो गीत गाउँछु – भन्छु आज

दिपक शर्मा – मंगलम – पर्ख पर्ख मायालु

राजनराज सिवाकोटी – दुई रुपैयाँ – कुटुमा कुटु

राजनराज सिवाकोटी – कान्छी – चरी चट्ट परी

८. उत्कृष्ट नृत्य निर्देशक

कविराज गहतराज – दुई रुपैयाँ – कुटुमा कुटु

कविराज गहतराज – छक्का पञ्जा २ – झ्याम्म झ्याम्म

कविराज गहतराज – म यस्तो गीत गाउँछु– भन्छु आज

बसन्त श्रेष्ठ – कान्छी – चरी चट्ट परी

रेनेशा राई – कृ – यति यति पानी

९. उत्कृष्ट द्वन्द्व निर्देशक

चन्द्र पन्त – कृ

हिमाल केसी – पिंजडा ब्याक अगेन

हिमाल केसी – रुद्र

हिमाल केसी – संरक्षण

रोशन श्रेष्ठ – रातो घर

१०. उत्कृष्ट बालकलाकार

अनुभव रेग्मी – ए मेरो हजुर – २

कुशाग्र भट्टराई – पिंजडा ब्याक अगेन

प्रनिशा खड्का – तान्द्रो

प्रिन्स रिजाल – डा.खाते

विनोद मगराती – आधा लभ

११. उत्कृष्ट हाँस्यकलाकार

केदार घिमिरे – छक्कापञ्जा २

रविन्द्र झा – दुई रुपैयाँ

राजाराम पौडेल – हुर्रे

राजाराम पौडेल – म यस्तो गीत गाउँछु

विजय बराल – हुर्रे

१२. उत्कृष्ट खलपात्र

अनुपविक्रम शाही – कृ

प्रशान्त ताम्राकार – ऐश्वर्य

रमेश रञ्जन झा – संरक्षण

राजन इशान – दुई रुपैयाँ

सरोज खनाल – पंचायत

१३. उत्कृष्ट कथा

अर्पण थापा – आधा लभ

गोविन्द फुयाँल – मंगलम

नवराज बुढाथोकी – भूर्इँमान्छे

प्रकाश आङ्देङवे – देश खोज्दै जाँदा

शिवम् अधिकारी – पंचायत

१४. उत्कृष्ट पटकथा

आशिष रेग्मी – कृ

गोविन्द फूयाल/नवल नेपाल – मंगलम्

प्रदिप भारद्धाज – लिलिबिली

दिपकराज गिरी – छक्का पञ्जा २

रमेश रञ्जन/पुर्णेन्द्र झा – संरक्षण

१५. उत्कृष्ट संवाद

प्रदिप भारद्धाज – लिलिबिली

दिपक/केदार/जीतु/अभिमन्यू – छक्का पञ्जा २

दिपेन्द्र लामा – घामपानी

दिवाकर भट्टराई – ऐश्वर्य

रमेश रञ्जन झा/पुर्णेन्दु झा – संरक्षण

१६. उत्कृष्ट नवनायिका

अदिती बुढाथोकी – कृ

जसिता गुरुङ – लिलीबिली

दिपीका प्रसाई – ऐश्वर्य

रोजीशा शाही ठकुरी – आधा लभ

सारा सेर्पाइली – रुद्र

१७. उत्कृष्ट नवनायक

विश्व शर्मा – रुद्र

सन्नी सिहं – डायरी

सलिनमान बनियाँ – ए मेरो हजुर २

स्वरुपपुरुष ढकाल – छक्का पञ्जा २

सुरज पाण्डे – लभ लभ लभ

१८. उत्कृष्ट नव-निर्देशक

असीम शाह – दुई रुपैयाँ

झरना थापा – ए मेरो हजुर २

दिपेन्द्र लामा – घामपानी

पुर्णेन्दु झा – संरक्षण

शिशिर राणा – तिमी सँग

१९. उत्कृष्ट चरित्र-अभिनेत्री

मिथीला शर्मा – आधा लभ

गौरी मल्ल – ब्लाइन्ड रक्स

मिथीला शर्मा – मंगलम

रुपा राना – पंचायत

हिउँवाला गौतम – राधे

२०. उत्कृष्ट चरित्र अभिनेता

जयनन्द लामा – कान्छी

प्रकाश घिमिरे – घामपानी

पुस्कर गुरुङ – घामपानी

हरिवंश आचार्य – शत्रु गते

शिशिर राणा – तिमी सँग

२१. उत्कृष्ट सह-अभिनेत्री

अनु शाह – कान्छी

अशिश्मा नकर्मी – संरक्षण

बर्षा राउत – छक्का पञ्जा २

माला लिम्बु – पर्व

मेनुका प्रधान – हिटलर

२२. उत्कृष्ट सह-अभिनेता

जितु नेपाल – छक्का पञ्जा २

बुद्धी तामाङ – दुई रुपैयाँ

सलोन बस्नेत – ए मेरो हजुर २

संयम पुरी – रातो घर

रेमनदाश श्रेष्ठ – आधा लभ

२३. उत्कृष्ट छायाँकार

पुरुषोत्तम प्रधान – कृ

पुरुषोत्तम प्रधान – संरक्षण

राजेश श्रेष्ठ/सुदिप बराल – ऐश्वर्य

संजय लामा – ए मेरो हजुर – २

सुदिप बराल – लिलिबिली

२४. उत्कृष्ट सम्पादक

अर्जुन जिसी – लिलीबिली

विपीन मल्ल – छक्का पञ्जा –२

मित्रदेव गुरुङ – मंगलम

सुरेन्द्र पौडेल – कृ

सुरेन्द्र पौडेल – संरक्षण

२५. उत्कृष्ट अभिनेत्री

नीता ढुङ्गाना – पंचायत

बेनिषा हमाल – ब्लाइन्ड रक्स

साम्राज्ञी राज्यलक्ष्मी शाह – ए मेरो हजुर २

शिल्पा पोखरेल – मंगलम

स्वेता खड्का – कान्छी

२६. उत्कृष्ट अभिनेता

अनमोल केसी – कृ

पुष्पल खड्का – मंगलम

प्रदिप खड्का – लिलिबिली

विल्सनबिक्रम राई – रातोघर

सौगात मल्ल – संरक्षण

२७.  पपुलर सिनेमा

ए मेरो हजुर २ – झरना थापा/सुहाना इन्टरटेन्टमेन्ट।

कान्छी – आकाश अधिकारी/काया फिल्म्स

छक्का पञ्जा २ –दिपाश्री निरौला/आमासरस्वती मुभिज्

दुई रुपैयाँ – अशिम शाह/जि २१/ब्ल्याक हर्ष पिक्चर्स

शत्रु गते – प्रदिप भट्टराई/महसंचार

२८. उत्कृष्ट निर्देशक

मिलन चाम्स – लिलिबिली

दीपाश्री निरौला – छक्का पञ्जा २

दिवाकर भट्टराई – ऐश्वर्य

नवल नेपाल – मंगलम

सुरेन्द्र पौडेल – कृ

२९. उत्कृष्ट सिनेमा

ऐश्वर्य – वैष्णो देवी फिल्म्स

कृ – सुवास इन्टरटेन्टमेन्ट/सुपर काजल फिल्म्स प्रा.लि.

छक्का पञ्जा २ – आमासरस्वती मुभिज्

मंगलम – छविराज प्रोडकशन

लिलीबिली – चाम्स् इन्टरटेन्टमेनट काफिया फिल्म्स