“छक्का पञ्जा२”बम्पर ओपनिंग,दुइ दिने कलेक्सन कति ?

“छक्का पञ्जा२”बम्पर ओपनिंग,दुइ दिने कलेक्सन कति ?

द सिनेमा टाइम्स
0
Shares

फिल्म छक्का पञ्जा २ ले दुइ दिनमा झन्डै तीन करोड नजिकको व्यापार गर्दै  नयाँ रेकर्ड कायम गरेको छ । हामीले  निर्माता, वितरक तथा हल संचालकहरु संग  बुझेर  तयार पारेको रिपोर्ट अनुसार  यो बहुप्रतिक्षित फिल्मले प्रदर्शनको पहिलो दिन असोज ११ गते अल नेपालबाट झण्डै एक करोड पचास लाख र  दोस्रो दिन झण्डै  एक करोड  चालिस लाख  व्यापार  गरेको छ | आज तेश्रो  दिन पनि फिल्म हेर्न दर्शकको घुइँचो उत्तिकै छ ।  दर्शक हरुको  प्रतिक्रिया राम्रो भएका कारण  टिकाको दिन दिउसोदेखि हलमा दर्शकको भिड  अझै  बढने अनुमान गरिएको छ ।  अब के आफ्नै नाममा रहेको सर्वाधिक ग्रसर १६ करोडको रेकर्ड चाहिं छक्का पञ्जा २ ले तोड्ला त ?  दिपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जा २ मा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खडका, स्वरुप पुरुष ढकाल लगायतको अभिनय छ ।