केकी र रीमाको ‘सिओ डब्ल्यु काउ…’ रिलिज

केकी र रीमाको ‘सिओ डब्ल्यु काउ…’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रतिक्षित गीत ‘सिओ डब्ल्यु काउ…’को भिडियो अभिनेत्री/निर्मात्री केकी अधिकारीले सार्वजनिक गरेकी छन् । उनले बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा आफ्नो पहिलो लगानीमा निर्माण भएको ‘कोहलपुर एक्सप्रेस’बाट यो गीत सार्वजनिक गरेकी हुन् ।

विवाहको थिममा तयार गरिएको यो गीतमा संगीतकार राजनराज शिवाकोटीको शब्द, संगीत तथा स्वर समावेश छ । गायनमा राजनराजलाई मेलिना राईले साथ दिएकी छन् । गम्भीर विष्टले कोरियोग्राफी गरेको नृत्यपरक गीतमा रीमा विश्वकर्मा, गम्भीर विष्ट, विनोद न्यौपाने र स्वयम् केकीले कम्मर मर्काएका छन् ।

हाल पोस्ट-प्रोडक्सनमा रहेको ‘कोहलपुर एक्सप्रेस’लाई युवा निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन् । सिनेमामा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।

अहिले पोस्ट-प्रोडक्सनमा रहेको सिनेमालाई आगामी नयाँ वर्षको बैशाख महिनामा प्रदर्शनमा ल्याईने निर्माण टिमको योजना छ ।