‘बाँध मायाले’ गीतको कभर भिडियो बनाउनुस, एक लाख जित्नु होस् !

‘बाँध मायाले’ गीतको कभर भिडियो बनाउनुस, एक लाख जित्नु होस् !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज ५ गतेबाट अलनेपाल रिलिज हुने सिनेमा हो ‘बाँध मायाले’ । यो सिनेमाको सार्वजनिक गीत संगीत ट्रेलरबाट दर्शकमाझ राम्रो चर्चा बटुली रहेको छ । साथै ‘बाँध मायाले’को विदेश प्रदर्शनबाट पनि उत्कृष्ट प्रतिक्रिया बटुली रहेको छ । जसले गर्दा निर्माण टिम सिनेमा सफल हुनेमा ढुक्क छ ।

यस्तै यो सिनेमाको केही दिन पहिले दोस्रो गीत आउने जाने रिलिज गरिएको छ । सिनेमाको सार्वजनिक ‘आउने जाने…….’  बोलको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा लोकराज अधिकारी शब्द तथा सुरेश लामा, दुर्गा खरेलको साथमा ध्रुव विस्कोको स्वर छ । एक्सन लभ स्टोरी सिनेमा ‘बाँध मायाले’मा आर्यनको अपोजिटमा पुर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ प्रस्तुत भएकी छिन् । साथमा राजाराम पौडेल किशोर खड्का, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंगको अभिनय रहेको छ ।

गीत रिलिज भएसँगै सिनेमा निर्माण टिमले उक्त गीतको ‘कभर डान्स प्रतियोगिता’ पनि घोषणा गरेको छ । कभर भिडियो बनाएर असोज ५ गते भित्र ([email protected]) इमेलमा तपाई निर्माण गरेको कभर भिडियो उपलब्ध गराउनु पर्ने छ । कविराज गहतराज संयोजक रहेको निर्णायक मण्डलको टोलीले असोज ८ सोमबार नतिजा सार्वजनिक गर्ने छ । जसबाट उत्कृष्ट हुनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने निर्देशक सबिर श्रेष्ठले बताए ।

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती निर्माण भएको सिनेमा ‘बाँध मायाले’मा रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माताको रुपमा छन् भने सह निर्माताको रुपमा महेन्द्र अधिकारी छन् । भने ‘बाँध मायाले’का कार्यकारी निर्माता केदार धिताल हुन् । बाबु श्रेष्ठको छायाँकन रहेको सिनेमामा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन र अर्जुन पोखरेलको संगीत छ ।