‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक

‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – प्रशान्त ताम्राकारले अभिनय गरेको तेस्रो सिनेमा ‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कोया कटर’ बोलको गीतमा सिनेमाका मुख्य पात्र प्रशान्त ताम्राकार, दीया मास्के, रिजन थापा, पुजन थापा र राजराम पौडेललाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा बाबुल गिरीको संगीत, दिनेश सुवेदीको शब्द रहेको गीतमा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गटाङ्गको स्वर छ । ‘कोया कटर’ गीतका कोरियोग्राफर रविन शाह हुन् । मुभी मेकर्सको ब्यानरमा निर्माण भईरहेको सिनेमामा सुरज प्रधानको प्रस्तुती रहेको छ । छायांकनको अन्तिम चरणमा रहेको सिनेमाका निर्माता जय गौतम हुन् । भने सिनेमाका कार्यकारी निर्मातामा मदन ताम्राकार तथा सह निमार्तामा विकाश सिंह पुजारी रहेका छन् ।

ल्भस्टोरी जनरामा निर्माण भैरहेको सिनेमालाई बि एस बलामी र एस के अधिकारीले निर्देशन गरेका हुन् । सिनेमामा प्रशान्त ताम्राकार,दिया मास्के,अर्पण थापा,रिजन थापा,पुजन थापा,रोबिन तामांग,राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरु अभिनय छ। सिनेमामा एस के अधिकारी तथा शेखर ज्ञवालीको लेखन रहेको छ भने,संगीत बाबुल गिरी तथा गीत एस के अधिकारी र दिनेश सुवेदीको रहेको छ।

https://youtu.be/nauQimbzdXA