किन विवादमा पर्छन नेपाली फिल्म अवार्डहरु ?

किन विवादमा पर्छन नेपाली फिल्म अवार्डहरु ?

द सिनेमा टाइम्स
0
Shares

– बाबु सुरेश डिसी

नेपालमा फिल्म बन्न थालेको पचास बर्ष भन्दा बढी भईसक्यो । सामान्य प्रबिधि र सिमित श्रोत साधनबाट सुरु भएको नेपाली फिल्ममा विश्वस्थरिय अत्याधुनिक प्रबिधि सम्म आईसकेको छ । राम्रा फिल्महरु बन्ने क्रम जारी छ भने पढेका र बुझेका मेकरहरु नेपाली फिल्मलाई माथी उठाउन लागी परेका छन् ।

नेपाली फिल्म र फिल्मकर्मीलाई प्रोत्साहन गर्न बर्षौ देखीनै बिभिन्न फिल्म अवार्डहरुको आयोजना समेत हुने गरेका छन् । तर यी फिल्म अवार्डहरु केहि न केहि कारणले विवादमा पर्ने गरेका छन् । उदाहरणको लागी भर्खरै सम्पन्न नवौं नेफ्टा अवार्डलाई नै लिन सकिन्छ । निकै भब्य र सभ्य तरिकाले दुबईमा आयोजना भएको यो अवार्डका केहि विधाहरु फेयर हुन् नसक्दा विवादमा मुछिन पुग्यो ।

आफ्नो फिल्म ‘पशुपती प्रसाद’ले उत्कृष्टताको अवार्ड पाउदै गर्दा उत्कृष्ट निर्देशकको अवार्ड नपाए पछी निर्देशक दिपेन्द्र के खनालले त अवार्डनै बहिष्कार गरे । अभिनेता दिपकराज गिरीले समेत असन्तुष्टी पोख्दै अरु कुनै विधामा अवार्ड नपाएको आफ्नो फिल्म ‘वडा नम्बर छ’ले कसरी उत्कृष्ट निर्देशकको अवार्ड पायो भन्दै फेसबुकमै स्त्याट्स लेखे । आयोजक पक्षको राम्रो ब्यबस्थापन हुदाहुदै पनि केहि जुरीको गलत निर्णयले नेफ्टा अवार्डलाई नै असर गरेको नेफ्टाकै पदाधिकारी बताउछन् ।

झन्डै एक महिना अघि सिक्किममा आयोजित इनास अवार्ड कम्जोर ब्यबस्थापनका कारण बिबादमा पर्यो भने त्यस्तैगरी केहि समयअघि पोखरामा सम्पन्न डी सिने अवार्ड पनि विवादमा पर्यो । फिल्म क्लासिकले उत्कृष्ट फिल्मको अवार्ड पाउदा निर्देशक दिनेश राउतले निर्देशकको अवार्ड पाएनन् र आफ्नो फिल्मले उत्कृष्टको अवार्ड पाउनु गलत रहेको राउत आफैले स्वीकार गरे किनकि फिल्म अवार्डको बिश्वब्यापी मान्यता हेर्ने हो भने मुख्य विधाहरुमा उत्कृष्ट ठहरेका फिल्मले नै उत्कृष्ट निर्देशक र फिल्मको अवार्ड पाउने गर्छ ।

राम्रा र उत्कृष्ट फिल्म र फिल्मकर्मीलाई अवार्ड दिनु भन्दा पनि सबैलाई खुशी पार्ने र सबैलाई मिलाएर लैजाने अवार्ड आयोजक र जुरीको लापारबाहीले प्राय अवार्डहरु बिबादको कारण बन्ने गरेको जानकारहरुको भनाई छ ।
नेपालमा यी अवार्ड बाहेक ग्लोबल नेपाली फिल्म अवार्ड, इन्फा अवार्ड, बक्स अफिस अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार, एनएफडिसी अवार्ड, ओफा अवार्ड, त्रिटिक्सि अवार्ड, फान अवार्ड र एलजी अवार्ड लगायतका दर्जनौ फिल्म अवार्डहरु आयोजना हुदै आएको छ र यी अवार्ड पनि माथिका अवार्ड झैँ विवाद मुक्त हुन् भने सकेका छैनन् ।

हरेक संघ संस्था तथा व्यक्तिले समेत अवार्ड आयोजना गरिरहेका छन् । हरेक अवार्डमा एकै व्यक्तिहरु निर्णायक समितिमा हुनु पनि बिबादको एउटा कारण हुन् सक्छ । राम्रोलाई भन्दापनि हाम्रोलाई काखी च्याप्ने प्रवृतिले पनि अवार्डहारु निस्पक्ष हुन् नसकेका हुन् भन्ने जानकारहरुको भनाई छ । मनपरी हुने गरेका यस्ता अवार्डलाई ब्यबस्थापन गर्न चलचित्र विकास बोर्डले राम्रो नीति नियम बनाई कार्यन्वयन गर्नु पर्ने पनि धेरैको भनाई छ ।