चिन नयाँ बजार: तर, भारतको हो की मात्र आमिरको ?

चिन नयाँ बजार: तर, भारतको हो की मात्र आमिरको ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ५ महिना अघि भारत लगायत विश्वका धेरै देशहरुमा प्रदर्शन भएको ‘दंगल’ले चाइनिज बक्सअफिसमा झन्डा गाड्न सफल भएको छ । फिल्मले भारतमा भन्दा पनि चिनमा राम्रो व्यापार गरिरहेको छ ।

‘दंगल’को यो व्यापारले बलिउड फिल्मको लागी नयाँ बजारको स्थापना गरिदिएको छ । ११ दिनमै ४ सय करोड कमाउनुलाई बलिउड मिडियाहरुले आश्चर्यजनक र अकल्पनीय भनेर व्याख्या गरेका छन् । राम्रो कलाको कुनै निश्चित क्षेत्र हुदैन भन्ने कुरा ‘दंगल’ले प्रमाणित गरिदिएको छ । यसअघी आमिर खानकै ‘थ्री इडीइट्स’ले चिनमा दर्शकको मन जित्दै बजार बिस्तारको कदम चालेको थियो । त्यसपछी रिलिज भएको ‘पिके’ले पहिलो पटक चाइनिज बक्सअफिसमा सय करोड कमाउदै राम्रा फिल्मको लागी बलियो आधार खडा गरिदियो । यी फिल्मले भारतीय बक्सअफिसमा पनी उत्साहजनक व्यापार गरेका थिए र, समिक्षकबाट पनी रुचाइएका थिए ।

‘दंगल’को यो व्यापारले बलिउडको मुख्य बजार भारत की चिन ? भन्ने प्रश्न पनी उब्जाईदिएको छ । जुन तरिकाले चाईनिज बक्सअफिसमा ‘दंगल’ले व्यापार गरिरहेको छ । यो हिसाबले फिल्मको कुल विश्वव्यापी कलेक्सनको पचास प्रतिशत भन्दा धेरै कमाई चिनिया बक्सअफिसबाट मात्र प्राप्त हुने देखिन्छ । यो तथ्यको आधारमा बलिउडको ठुलो बजार कसलाई मान्ने ? भन्ने प्रश्न उब्जन धेरै समय नलाग्ने देखिएको छ । आमिर सामाजिक समस्याका विषयमा उत्कृष्ट मेकिङबाट फिल्म बनाउछन । त्यसैले पनी आमिरले देशसंगै विदेशमा पनी आफ्नो स्टारडम स्थापित गरेका छन् ।

आमिरकै फिल्मबाट भएपनी बलिउडले चिनमा एउटा नयाँ र ठुलो बजार सिर्जना गरेको छ । यसले भारतीय थुप्रै फिल्मलाई चिनको बाटो खोलिदिएको छ । तर, आमिरका फिल्मले जस्तै अन्य फिल्मले पनी चिनमा आफ्नो पहुच बढाउन सक्लान त ? दक्षिण भारतीय ‘बाहुबली २’ र सलमान खान अभिनित ‘ट्युबलाईट’ अबका चिन प्रतिक्षित फिल्म हुन् । जसरी ‘दंगल’ले व्यापारिक इतिहास रचेको छ । त्यसलाई के यी दुई फिल्मले पछ्याउँन सक्लान ? यदि यसो भैहाल्यो भने चिन बलिउडको लागी नयाँ बजार बन्नेछ । नत्र भने, आमिरको लागी मात्र चिन व्यापारिक घराना बन्नेछ ।

यस्तो छ व्यापार:

१ साता अघिबाट चिनमा प्रदर्शनरत यो फिल्मले ११औ दिनसम्म आईपुग्दा ४ सय करोडको माइलस्टोन पार गरेको छ । प्रदर्शनको ११औ दिनमा पनी फिल्मले ३४.८० करोड भारु कमाई गरेको छ । भारतीय बक्सअफिसमा लाईफटाइम ३ सय ८७ करोड नेट कलेक्सन गरेको फिल्मले चिनमा ४ सय १७ करोडको व्यापार गरेको छ । फिल्मले चिनमा मात्र ६ सय करोडको व्यापार गर्नसक्ने आँकलन गरिएको छ ।

पहिलो चरणको रिलिजबाट विश्वव्यापी ७ सय ४१ करोडको व्यापार गरेको फिल्मले चिन रिलिजसंगै आफ्नो कलेक्सन ११ सय ६२ दशमलब १३ करोड पुर्याएको छ । यो बलिउड फिल्मले विश्वव्यापी गरेको सर्वाधिक व्यापार हो ।

दक्षिण भारतीय ‘बाहुबली २’ले विश्वव्यापी कलेक्सनमा १५ सय करोडको माइलस्टोन पार गरेको छ । यो फिल्म चिनमा रिलिज भैसकेको छैन ।