सस्पेन्स थ्रिल ‘चि मुसी चि’ ट्रेलर रिलिज

सस्पेन्स थ्रिल ‘चि मुसी चि’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दर्शक माझ कौतुहलता सिर्जना गर्ने ‘चि मुसी चि’को सस्पेन्स ट्रेलर रिलिज भएको छ । यो ट्रेलरले दर्शकलाई कौतुहलता जगाउने निर्माण पक्षले विश्वास लिएको छ ।

ट्रेलरमा अभिनेताद्वय सुनिल क्षेत्री र शुसान्त कार्कीको टक्कर देखाईएको छ भने नायिका अलिशा शर्माको भूमिकालाई प्रष्ट्याईएको छैन । अभिनेता कार्कीलाई भने सिआईबी अफिसरको रुपमा देखाईएको छ । हल जानुअगाडी दर्शकलाई एक प्रकारको कौतुहलता प्रदान गर्न ट्रेलरमा सबै कुरा प्रष्ट नखुलाएको निर्देशक दिनेश श्रेष्ठले बताए । ‘सस्पेन्स थ्रिलमा नयाँ स्वादको सिनेमा बनाएका छौँ, ट्रेलरमा जे-जति दृश्य छन् यि दृश्यहरुले त्यसलाई प्रष्ट पारेको छ’ निर्देशक श्रेष्ठले बताए ।

एक अर्कामा हानाथापको नियतले खेलिने खेललाई नेपाली समाजमा ‘चि मुसी चि’ भनेर चिन्ने गरिन्छ । यहि आधारमा सिनेमाको कथा तयार पारिएको अनुमान लगाउन सकिन्छ ।

साउन ११ गते रिलिज हुने सिनेमामा सुनिल, अलिशा र सुशान्तका अलावा शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतको अभिनय छ ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा शिवराज कार्की हुन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रुपमा छन् ।

‘चि मुसी चि’मा सुनिल क्षेत्री/विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको छायाँकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।