‘चि मुसी चि’ शिर्ष गीतमा नम्रताको नृत्य

‘चि मुसी चि’ शिर्ष गीतमा नम्रताको नृत्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री नम्रता सापकोटाको नृत्यमा ‘चि मुसी चि’को शिर्ष गीत सार्वजनिक गरिएको छ । नम्रतालाई सिनेमाको गीत झन्डै एक वर्ष पछि दर्शकले देख्न पाएका हुन् । १ वर्ष अगाडी सार्वजनिक ‘सकुन्तला’को एक आइटम गीतमा नम्रतालाई देख्न पाइएको थियो।

‘अन्तराल’ डेब्यु अभिनेत्रीका ‘छक्का पन्जा’ पछि सिनेमा प्रदर्शनमा आएका छैनन् । सार्वजनिक गीतमा सन्तोष पोखरेलको शब्द, करणराज कार्कीको संगीत सुजाता पाण्डेको स्वर र विक्रम स्वाँरको कोरियोग्राफी छ । गीतमा प्रमूख कलाकारहरु सुनिल क्षेत्री, अलिशा शर्मा र शिवराज शर्मा पनि फिचर्ड छन् ।

‘सकुन्तला’ निर्देशन गरेर चर्चामा आएका दिनेश श्रेष्ठ निर्देशित सिनेमामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माताका रुपमा छन् । अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेको ‘चि मुसी चि’का कार्यकारी निर्माता शिवराज कार्की हुन् ।

श्रावन ११ गते रिलिज हुने सिनेमामा सुशान्त कार्की, शेखर अधिकारी र कमली वाइवाले पनि अभिनय गरेका छन् ।