मायामा क्वाइन टस गर्दै सुनिल र अलिसा, ‘चि मुसी चि’ गीत रिलिज

मायामा क्वाइन टस गर्दै सुनिल र अलिसा, ‘चि मुसी चि’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ  – ‘चि मुसी चि’मा समावेश ‘आउ आज मायाको’ बोलको गीत सार्वजनिक गरिएको छ । अल्मोडा उप्रेतीको स्वर रहेको गीतमा सुरज अधिकारीको शब्द र संगीत रहेको छ । गीतमा मायामा क्वाईन टस गर्ने कुरा गरिएको छ । ‘हेड’ परेपनि ‘टेल’ परेपनि आफ्नै पक्षमा नतिजा निकाल्ने भाव गीतमा पाईन्छ । गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले नृत्य गरेका छन् भने कोरियोग्राफी सुनिल आँफैले गरेका हुन् ।

श्रावण ११ गतेबाट रिलिज हुने ‘चि मुसी चि’ बाट नेपाली सिनेमामा सुनिल र अलिसाले डेव्यु गर्दैछन् । यो जोडीलाई चि मुसी चि बाट आफु सिनेमा क्षेत्रमा जमिरहन सहयागे गर्ने विश्वास उनीहरुमा छ । सिनेमाका दर्शकले दुवैलाई नृत्यमा अब्बल जोडीको रुपमा चिनिरहेको छन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतका कलाकारको अभिनय रहेको सिनेमामा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । बासु न्यौपानेले खिचेको सिनेमाको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।