‘चि मुसी चि’को रोमान्टिक गीत सार्वजनिक

‘चि मुसी चि’को रोमान्टिक गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साउन ११ गते प्रदर्शन हुने सिनेमा ‘चि मुसी चि’को गीत सार्वजनिक भएको छ । ‘तिमीले माग्छौ भने मुटु’ बोलको गीतमा सुनिल क्षेत्री र एलिसा शर्मा फिचर्ड छन् ।

सुरज अधिकारीको शब्द/संगीत रहेको रोमान्टिक नम्बरमा सुनिल र एलिसा डान्स मूभ पनि दिएका छन् । सुनिल छेत्रीकै कोरियोग्राफी रहेको सिनेमामा अन्जु पन्त र युवराज चौलागाईंको स्वर छ ।

दिनेश श्रेष्ठको लेखन निर्देशन रहेको सिनेमा सुनिल र एलिसासँगै सुशान्त कार्की, कमली वाइवा, शशांक बस्याल, शेखर सुवेदी र शिवराज कार्की पनि अभिनय छ ।

सिल्भर लेक पिक्चर्स, अनिल पाण्डे र युवराज कार्कीको प्रस्तुति रहेको ‘चि मुसी चि’मा सुरज अधिकारीको संगीत, अष्ट महर्जनको एक्सन, भुपेन्द्र अधिकारीको सम्पादन र बसु न्यौपानेको छायाँकन छ । शिवराज कार्की कार्यकारी निर्माता रहेको सिनेमामा अरुण गुरुङ, महेश्वर खत्री, सुवाष भुर्तेल, दूब बहादुर गुरुङ निर्माता रहेका छन् ।