‘चि मुसी चि’ पोस्टर

‘चि मुसी चि’ पोस्टर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दिनेश श्रेष्ठको लेखन/निर्देशन रहेको सिनेमा ‘चि मुसी चि’को पोस्टर सार्वजनिक भएको छ । म्युजिकल थ्रिलर सिनेमाको पोस्टरमा मुख्य कलाकार सुनिल क्षेत्री, सुशान्त कार्की र अलिशा शर्मालाई प्रस्तुत गरिएको छ ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल र डब बहादुर गुरुङ निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा शिवराज कार्की छन् । भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । सुरज अधिकारीले संगीत भरेको सिनेमामा शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतका कलाकारको पनि अभिनय छ ।

साउन ११ गते प्रदर्शनमा आउने सिनेमामा सुनिल क्षेत्री/विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।