‘चि मुसी चि’को देश दौडाहा, पूर्वमा सुनिल र अलिशाको धमाका

‘चि मुसी चि’को देश दौडाहा, पूर्वमा सुनिल र अलिशाको धमाका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यतिबेला देश दौडाहामा रहेको सिनेमा ‘चि मुसी चि’को पुर्वको धरान, विराटनगर विर्ताकोट लगायतका ठुला सहरमा भव्य कन्सर्ट सम्पन्न गरिएको छ । आयोजीत कन्सर्टमा सायैँ दर्शकको उपस्थीती रहेको थियो ।  ‘डान्स इन्डिया डान्स सिजन ४’बाट वाहवाहि बटुलेका सुनिल क्षेत्री र एमटिभी स्प्लिटभिल्लामा सहभागि अलिशा शर्माको दमदार नृत्यबाट क्रेजी दर्शकहरुलाई नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् । नायक सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो । ‘चि मुसी चि’का चारवटा डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्तले भव्य नृत्य प्रस्तुत गरेका थिए । गायिका पाण्डेले सिनेमाको शिर्ष गीत गाउँदा दर्शकले अत्याधिक मनोरञ्जन लिएका थिए ।

सिनेमा टीमले देशैभर प्रमोशनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा सिनेमाले लगातार कन्सर्ट आयोजना गर्ने बताईएको छ ।

सिनेमा श्रावण ११ गते देशैभर रिलीज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस सिनेमाको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको सिनेमामा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको सिनेमाको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन् ।