पाँच गीतको सँगालो ‘चि मुसी चि’ गीत

पाँच गीतको सँगालो ‘चि मुसी चि’ गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पाँच गीतको सँगालो ‘चि मुसी चि’को अडियो जुकबक्स युट्युबमा सार्वजनिक गरिएको छ । जुकबक्सका गीतमा तीन संगीतकारले संगीत भरेका छन् ।

सिनेमाको शिर्ष गीतमा सन्तोष पोखरेलको शब्द, करणराज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर छ । यो गीतले युट्युबमा लोकप्रियता कमाइ रहेको छ । त्यस्तै जुकबक्सको ‘सानो सानो कुरा’मा सुरज अधिकारीको शब्द/संगीत र ताराप्रकाश लिम्बुको स्वर छ । ‘तिमीले माग्छौँ भने’ र ‘आउ आज’मा सुरज अधिकारीकै शब्द/संगीत छ । भने स्वरमा क्रमस अन्जु पन्त/युवराज चौलागाईं र अल्मोडा राणाले स्वर दिएका छन् । जुकबक्सको पाँचौ गीत ‘हाँस्दा हाँस्दै’ गीतमा रेगन क्षेत्रीको शब्द/संगीत तथा सारिका घिमिरेको स्वर समावेश छ ।

म्युजिकल थिलर सिनेमालाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । सिनेमामा दिनेशकै कथा/पटकथा पनि छ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल र डब बहादुर गुरुङले निर्माण गरेको सिनेमामा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतका कलाकारको अभिनय छ ।

साउन ११ गते प्रदर्शन हुने ‘चि मुसी चि’का प्रस्तुतकर्ता अनिल पाण्डे र प्रिन्स युवराज कार्की हुन् । भने कार्यकारी निर्मातामा शिवराज कार्की छन् ।