नितेशको ‘छिछोरे’मा सुशान्त र श्रद्धाको रोमान्स पक्का

नितेशको ‘छिछोरे’मा सुशान्त र श्रद्धाको रोमान्स पक्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काडमाडौं – ‘दंगल’ फेम्ड निर्देशक नीतेश तिवारीको नयाँ सिनेमा ‘छिछोरे’मा सुशान्त सिंक राजपुत र श्रद्धा कपुर फाइनल भएका छन् । निर्देशक नीतेश तिवारीले सिनेमाको फस्टलुक सार्वजनिक गर्दै सिनेमाका कास्ट एण्ड क्रु मेम्बरको खुलासा गरेका हुन् । श्रद्धा अहिले ‘छिछोरे’का अलवा साइना नेहवालको बायोपिक र साउथ सुपरस्टार प्रभासको नयाँ सिनेमा ‘साहो’को छायांकनमा ब्यस्त छिन् ।‘छिछोरे’मा सुशान्त सिंह राजपुत र श्रद्धाले पहिलो पल्ट एकसाथ काम गर्दैछन् । दुई पुस्ताको कथामा निर्माण हुने यो सिनेमामा श्रद्धा कपुर, सुशान्त सिह राजपुत, बरुण शर्मा प्रतीक बब्बर लगायतका कलाकारको मुखय भुमिका रहने छ । यो सिनेमामाले इन्जीनेरिङ पढ्ने विद्यार्थीको कथा उठान गर्ने छ ।

वर्ष २०१९ को अगस्ट ३० तारिकमा रिलिज सिनेमालाई चर्चित सिनेमा निर्माता साजिद नाडियावालाले निर्माण गर्नेछन् ।