छक्का पञ्जा २ आक्रामक सुरुवात

छक्का पञ्जा २ आक्रामक सुरुवात

द सिनेमा टाइम्स
0
Shares

फिल्म छक्का पञ्जा २ ले   आक्रमक ओपनिंग गरेको छ । एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको यो बहुप्रतिक्षित फिल्मले  प्राय जसो सम्पूर्ण हलहरुमा हाउसफूलको व्यापार गरिरहेको छ । राजधानीका गोपी, अष्ट, गुण, बाराही लगायत हलहरुमा छक्का पञ्जा २ को चार वटा पर्दा समेत फूल भएका छन् । मल्टिप्लेक्समा बुधबार दिनभरी टिकेट बुक भैसकेको छ । निर्देशक दिपाश्री निरौला, नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज, स्वरुप पुरुष ढकाल, कलाकारहरु जितु नेपाल, केदार घिमिरे, निर्माता विकास आचार्य लगायत छक्का पञ्जा २ को टोली चावाहिलको गोपिकृष्ण हलको बिहानी शोमा पुगेका थिए । उनीहरुले दर्शकसँगै बसेर फिल्म हेरे अनि प्रतिक्रिया लिए । दर्शकको प्रतिक्रियाले दीपा र प्रियंका भावुक हुँदै आँखाबाट आँसु झारे ।

साथै दिपकराज गिरी, बर्षा राउत, स्वस्तिमा खड्का, किरण केसी लगायत कलाकारहरुको रहेको फिल्मलाई दर्शकले रुचाएका छन् ।